
आइतबार रातिबाट जिल्लाका उच्च हिमाली बस्ती र सोमबार बिहानदेखि जिल्ला सदरमुकाममा हिमपात हुन थालेपछि यहाँका कृषक खुशी भएका छन् ।
समयानुसार मंसिर मध्यतिरबाट हिमपात हुनु पर्नेमा यो वर्ष माघ महिना सकिन लाग्दा पनि पानी र हिमपात नभएपछि खेतगरामा लगाएका हिउँदेबाली सुक्ने भए भन्दै किसान चिन्तित भएका थिए । तर आइतबार रातिबाट हिमपात हुन थालेपछि यहाँका कृषक खुशी भएका हुन् ।
गत कात्तिकमा लगाएको हिउँदे गहुँ, जौ, उवा लामो समयसम्म पानी नपरेपछि खेतगरामै सुक्न थालेका थिए । “यो वर्ष हिउँदे बाली उत्पादन नहुने भयो भनेर आश मारी सकेका थियौँ, तर एक्कासि हिजो रातिबाट पानी र हिउँ पर्न थालेकाले हिउँदे बाली उत्पादनमा वृद्घि हुने आश पलाएको छ,” छाँयानाथ रारा नगरपालिका–१ का कृषक धनबहादुर मल्ल बताउँछन् ।
Leave a Reply