
०६५ सालयता डोटीको गगुडा गाबिसका टेकबहादुर चन्द रेडियो नेपालका नियमित श्रोता हुन, त्यस्तै नियमित स्रोता सस्यान ठुली जिमालीकी सुजना शाही पनि थिईन । चन्द र शाही दुबै रेडियोका स्रोता त थिए नै दुबैको सबैभन्दा मन पर्ने कार्यक्रम पनि एउटै थियो ‘परदेशीको शन्देस’ ।
रेडियो नेपालबाट प्रत्येक आईतबार प्रशारण हुने कार्यक्रममा बिदेशमा बस्नेहरु लागी लक्षित गरि उत्पादन गरिएको लोकप्रिय कार्यक्रम थियो । चन्दले परदेशीको शन्देस कार्यक्रम पत्र मित्रताका लागी ठेगाना लेखेर पत्राचार गरे । चन्दको भावना बिचारबाट प्रभाबित भएर सुजनाले पनि पत्रमित्र साथी बनाउनका लागी ०६५ असोजमा हुलाक मार्फत चन्दलाई पत्राचार गरिन ।
तत्कालीन अबस्थामा खबर आदान प्रदानको बलियो माध्यममा रहेको हुलाकमार्फत दुबै जनाले डेढ दर्जन पत्रहरु आदानप्रदान गरे, मनका भावना पनि साटासाँट गरे । ।दुबै पत्रमित्र साथिको एक आपसमा सबै भावना मिलेपछि जीबनसाथी बन्ने मनस्थिती बनाए ।
हुलाकको ढिलासुस्तीका कारण दुबैका बिचमा महिनामा एक पत्र मात्रै आदान प्रदान हुने गरेको चन्द सम्झन्छन् । चन्दले भने ‘ हामी महिनामा प्राय दिनजस्तो पत्र लेख्न चाहन्थेउँ तर एकको पत्र अर्कोलाई पुग्न महिना कुर्नै पर्दथ्यो, हुँलाकी बाटोमा देख्दा पत्र आयो की भन्ने ठूलो आस लाग्थ्यो ।’
सञ्चारको बिकाससंगै मोवाईल फोनको बिकास भएपछि उक्त प्रेम जोडीका बिचमा सम्बन्ध झन बाक्लीयो । दैनिकजसो घण्टौं फोनमा कुरा हुन थाले फोनमा बिगत, बर्तमान र भबिश्यको सन्तानका बारेमा छलफल हुन थालेको चन्दले बताए । चन्दले भने ‘हामी एक अर्को बिच कती समय फोनमा खर्च गथ्यौं त्यो त भन्न सक्दीन फोन सम्पर्क भएको पहिलो दिनमा १२ सयको रिर्चाज कार्ड एकै दिनमा सकेका थियौं ।’
३ बर्षसम्म पत्र, फोन र भेटघाट मार्फत झाँगिदै गएको प्रेम सम्बन्ध ०६८ असोजमा बिवाहमा परिणत भयो । सुजना भन्छिन ‘ प्रेम त्यस्तो चिज हो जसले संसारको सबै भन्दा ठुलो आफ्नो प्रमीलाई देखाउँछ एक प्रेम जोडीका सामु संसारका सबै चिज मिथ्या देखिन्छन ।’ सुजनाले थपिन् ‘बिवाहपछि प्रेमी प्रेमीका बिचको प्रेम घट्छ भन्ने सुनेको थिए, मैले त्यस्तो अनुभब गरिन, बिवाह भन्दापछि पनि हामी दुई बिचको प्रेम उस्तै प्रगाड छ ।’
रेडियो नेपालको कार्यक्रम ‘प्रदेशीको शन्देस’ ले जुराई दिएको प्रेम जोडीका एक सन्तान पनि छन् । कैलालीको धनगढीमा दुबै दम्पत्ती मिलेर ब्यापार गर्छन एक अर्कोेको काममा सक्दो सहयोग गर्ने गरेको अनुभब सुनाउँछन दुवै ।
प्रेम सम्बन्धबाट बिवाहमा परिणत भएका कारण ‘प्रेम दिवस’ आफ्ना लागि महत्वपूर्ण दिन भएको चन्दले बताए । चन्द प्रेमबारे भन्छन् ‘ प्रेमको जीत भन्दा पनि हारतिर ठुलो हिस्सा हुन्छ, आफ्नो प्रेमीको खुसीका लागी जब आफ्नो खुसी त्याग्न सक्छ त्यहाँ सच्चा प्रेम हुन्छ ।’
सुदूरपश्चिम र मध्यपश्चिमका बिचमा सम्बन्धको साईनो जुराउने दुबै रेडियो नेपाललाई बिशेष धन्यबाद दिन्छन् । दुवै भन्छन् ‘ रेडियोको एक कार्यक्रमको एक पत्रले हामी जीबन एक भएर बाच्ने प्रण गरेका हौं ।’ दुबैमा समजदारी भए प्रेम बिवाह गर्दा कुनै समस्या नआउनेमा चन्द बिश्वस्त छन् । चन्दले भने ‘ धेरै प्रेमहरु बिवाहमा परिणत भए असफल हुन्छन् भन्ने छ तर मेरो भोगाई फरक छ । प्रेममा यर्थात, बिश्वास, निश्वास्र्थ हुनुपर्छ केही समस्या आउँदैन ।’
Leave a Reply