
सरकारले यहि फाल्गुन १२ देखि १४ गते सम्म देशका २४ जिल्लामा हात्तीपाईले विरुद्धको औषधि खुवाउने भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महासाखाले मंगलवार पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएको हो ।
औषधि सेवन कार्यक्रममा यस वर्ष औषधि खुवाउने कार्यक्रम भएका २४ जिल्ला पाँचथर, ईलाम, झापा, भोजपुर, धनकुटा, मोरङ, उदयपुर, लमजुङ, पर्वत, बागलुङ, कपिलवस्तु, दैलेख, दाङ, बाँके, बर्दिया, बझाङ, बाजुरा, अछाम, डोटी, कैलाली, दार्चुला, बैतडी, डडेल्धुरा र कञ्चनपुर रहेका छन । इपिडिमियोलोजि तथा रोग नियन्त्रण महासाखाका निर्देशक डा.भिम आचार्यले ९१ लाख ५४ हजार व्यक्तिलाई औषधि खुवाउने लक्ष्य रहेको बताए ।
Leave a Reply