दलित बालबालिकालाई लुम्बिनी समाज कुवेतको सहयोग

समताखबर
  १३ फाल्गुन २०७४, आईतवार १३:५७

बाणगंगा नगरपालिका ८ का तीन जना दलित बालबालिकालाई आर्थिक सहयोग गरिएको छ । आठ वर्षीय अर्जुन नेपाली, ६ वर्षीया जमुना नेपाली र ६ महिनाकी शिवानी नेपालीलाई इन्सेक जिल्ला प्रतिनिधि तथा मानव अधिकार निगरानी समूहको पहलमा लुम्बिनी समाज कुवेतले पठाएको ५१ हजार रुपैयाँ नगदसहित खाद्यान्न, लत्ताकपडा बालबालिकाको घरमै पुगेर सहयोग गरिएको हो ।

बाबुआमाको मृत्युपछि टुहुरा बनेका बालबालिकालाई प्रेस चौतारी नेपालले आफ्नो स्थापना दिवसको अवसरमा १० हजार रुपैयाँ सहयोग गरेको खबर विभिन्न संचारमाध्ययमहरुमा प्रकाशन भएलगत्तै मानव अधिकार निगरानी समूह र इन्सेक जिल्ला प्रतिनिधिको पहलमा लुम्बिनी समाज कुवेतले कुवेतमा बस्ने नेपालीहरूले उक्त रकम सङ्कलन गरी पठाएका थिए ।

सङ्कलित रकम र अन्य सामग्री बालबालिकाकै घरमा एक कार्यक्रमको आयोजना गरी निमित्त प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, स्थानीय जनप्रतिनिधि, मानव अधिकार निगरानी समूह, सञ्चारकर्मीलगायतको उपस्थितिमा वितरण गरिएको हो ।

कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्यालले निगरानी समूह तथा इन्सेक प्रतिनिधिको पहलमा भएको यस कार्यले बालबालिकाको उज्वल भविष्यको सुरूवात भएको बताए ।

लुम्बिनी समाज नेपालका प्रतिनिधि विष्णु पन्थि बन्जाडेले सहयोगको आग्रह गर्दै बाबुआमा गुमाएका बालबालिकाको समचार तस्वीर पठाएका कारण आर्थिक र अन्य सामग्री सङ्कलनमा समाजले सक्रियता देखाएको बताइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *