
प्रदेश नंं. ७ को मुख्य न्यायाधिवक्तामा अधिवक्ता कुलानन्द उपाध्यायको नाम सिफारिस भएको छ ।
नेकपा (माओवादी केन्द्र) प्रदेश नं. ७ का कानूनी सल्लाहकार एंव पूर्वसभासद हरि श्रीपाइलीका अनुसार माओवादी केन्द्रले अधिवक्ता उपाध्यायको नाम सिफारिस गरेको हो ।
केही दिनभित्रै प्रदेश प्रमुख मोहनराज मल्लबाट उनको नियुक्ति संगै शपथ ग्रहण हुने जनाइएको छ । प्रदेश मन्त्रिपरिषद्ले पूर्णता पाएयता मुख्य न्यायधिवक्ताको लागि नेकपा (माओवादी केन्द्र) निकट अधिवक्ता उपाध्याय र नेकपा एमाले निकट अधिवक्ता नीलप्रसाद तिवारीको नाम बढी चर्चामा थियो ।
मुख्यमन्त्री त्रिलोचन भट्ट माओवादी केन्द्रकै रहेकोले मुख्य न्यायधिवक्तामा उपाध्यायको नाम सिफारिस भएको हो ।
अधिवक्ता उपाध्यायले संवैधानिक कानून र फौजदारी कानुनमा एलएलएम र समाजशास्त्रमा स्नाकोत्तर उपाधि हासिल गरेका छन् । ४६ वर्षीय उपाध्याय २३ वर्षदेखि कानूनी पेशामा रहेर काम गर्दै आएका छन् । उनी नेपाल बार एशोसिएसनको केन्द्रीय उपाध्यक्ष पनि हुन् ।
संविधानको धारा १६० अनुसार मुख्य न्यायाधिवक्ताले महान्यायधिवक्ताको मातहतमा रहेर प्रदेश सरकारको कानूनी सल्लाहकारको भूमिका निर्वाह गर्नुपर्ने प्रावधान छ । प्रदेशका मुख्य महान्यायाधिवक्ता वरीयता क्रममा उच्च अदालतको न्यायाधीशसरह मानिन्छ । लोकान्तरबाट
Leave a Reply