मुख्यमन्त्री भट्टले सोमबार विश्वासको मत लिने

धनगढी,फागुन २०

प्रदेश नम्बर ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले सोमबार विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिनु पर्ने संवैधानिक प्राबधान छ । तर, प्रदेश संसदमा एमाले तथा माओवादी केन्द्रको सुविधाजनक बहुमत भएकाले निर्धारित समयभन्दा अगाडीनै विश्वासको मत लिने बताईएको छ। ५३ सदस्यीय प्रदेश संसदमा एमाले र माओवादीका ३९ सदस्य रहेका छन् ।

आज बस्ने प्रदेश संसद बैठकको कार्यसूची तय गर्न शनिबार सभामुख अर्जुनबहादुर थापाको अध्यक्षतामा बसेको बैंठकले मुख्यमन्त्रीले बिश्वासको मत लिने मिति तोकेको जनाइएको छ । प्रदेश संसद सचिवालयका कार्यबाहक सचिव हरि बखतीले आज दिउँसो २ बजे बस्ने संसद बैठक अघि बैठकको कार्यसुची बन्नेछ ।

आजको संसद बैठकमा राष्ट्रपति कार्यालयको राष्ट्रपतिको चुनाव बारे प्राप्त पत्र पढेर सुनाइने छ । त्यस्तै, कार्य ब्यबस्था परामर्श र प्रदेश सभा नियमावली मस्यौदा समितिका सदस्यको नाम अनुमोदनका लागि संसदमा सुनाइने छ । समितिमा रहने सदस्यको नाम पनि संसद शुरु हुनु अघिको बैठकले टुंगो लगाउने बताइएको छ । आज आइतबारको बैठकमा चार दलका आठजना सांसदले विशेष समय लिएर समसामयिक विषयमा बोल्ने कार्यसूची रहेको छ ।

शनिबारको बैठकमा मुख्यमन्त्री भट्ट, आन्तरिक मामिला तथा संसदीय व्यवस्थामन्त्री तथा एमाले संसदीय दलका नेता प्रकाशबहादुर शाह, सामाजिक विकास मन्त्री दिर्घबहादुर सोडारी, उपसभामुख निर्मला बडाल जोशी, सांसद तारा लामा तामाङ , नेपाली कांग्रेसका सांसदहरू भरतबहादुर खड्का र डाक्टर रणबहादुर रावल, नेकपा माओवादी केन्द्रका सांसद अक्कलबहादुर रावल, राष्ट्रिय जनता पार्टीका सांसद मालामती रानाको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *