मुख्यमन्त्री भट्टद्धारा प्रादेशिक महोत्सवको उद्घाटन

हेमराज भट्ट, अत्तरिया फागुन २३

कैलालीको अत्तरिया आजवाट अत्तरिया प्रादेशिक महोत्सब सुरु भएको छ । समृद्ध प्रदेशको आधार , कृषि पर्यटन र ब्यापार भन्ने मुल नाराका साथ आजवाट सुरु भएको पा्रदेशिक महोत्सवको एक औपचारिक कार्यक्रमका बिच प्रदेश नं ७ का मुख्यमन्त्रि त्रिलोचन भट्टले उद्धघाटन गर्नुभएको हो ।

महोत्सवको उद्धघाटन गर्दै मुख्यमन्त्रि भट्टले बिगतका बर्षहरुदेखि सुदुरपश्चिम अर्थात प्रदेश नं ७ मा आयोजना भैरहेका महोत्सवहरुले यस प्रदेशको बिकासमा महोत्वपुर्ण भूमिका खेलिरहेको बताए । उनले देश संघिय संरचनामा गैसके पश्चताप अब मुलक नया परिवेशमा गैरहेकाले प्रदेश नं ७ मा आयोजना हुने हरेक खाले मेला महोत्सवहरुले प्रदेशको विकासमा टेवा पुग्नेमा बिश्वास ब्यक्त गरे । प्रदेश नं ७ का हरेक जिल्ला तथा ठाउहरुमा आयोजना हुने मेला महोत्सबले यहाको कला, संस्कृति, भेषभुषा, चालचलन, रितिरिवाज, पर्यटकिय क्षेत्रको विकास र आर्थिक बिकासमा बिषेश भुमिका निभाई रहेको उनले बताए ।

उनले हिजोका दिनका एकात्मक राज्य ब्यबस्थाले उपेक्षित र अपहेलानामा परेको प्रदेश नं ७ को बिकासका लागी अब आफ्नो प्रदेश सरकारले सहि तरिकाले यहाका सबै क्षेत्र र वर्गको भावना अनुसार काम गरेर देशैभरको नमुना प्रदेशको रुपमा अघि बढ्ने बताए । उनले प्रदेश नं ७ बिकासमा निकै पछाडी रहेको भएपनि यहाको बिकास गर्न थुप्रै संम्भावनाहरु पनि रहेको बताए । देशमा धेरै राजनितिक आन्दोलन मात्रै भएको बताउदै उनले अब आर्थिक आन्दोलन हुन जरुरी भएकाले प्रदेश नं ७ को सरकार आर्थिक क्रान्ति तर्फ अघि बढ्ने बताउनुभयो । आफ्नो सरकारले प्रदेश नं ७ को कृषि , पर्यटन यहोको औधोगीक क्षेत्रको सहि परिचालन गरि समृद्ध प्रदेश बनाउन पहल गर्ने उहाको भनाई छ ।

उद्धघाटन कार्यक्रममा अत्तरिया अधोग बाणिज्य संघका उपाध्यक्ष टिकाराम आर्चायले मुख्यमन्त्रि भट्टलाई प्रदेशको स्थाई राजधानी अत्तरिया तोक्न पहल गरिययोस् , नेपाल भारत सिमा जोडिएको गौरीफन्टा धनगढी नाकालाई अन्तराष्ट्रिय नाकाका रुपमा विकास गर्न पहल गरियोस्, गेटा विमान स्थललाई अन्तराष्ट्रिय स्तरको विमान स्थल रुपमा कार्य अघि बढाईयोस्, श्रिपुरलाई औधोगिक कोरिडोरको रुपमा विकास गरियोस्, गोदावरी धार्मीक स्थललाई धार्मीक पर्यटकिय स्थललका रुपमा पहल गरियोस् र गोदावरी नगरपालिका अन्तराष्ट्रिय खेल मैदानको पूर्वाधार निर्माण गरियोस् भन्दै ६ बुद्धे मागहरु सहित मागपत्र हस्तान्तरण गरेका थिए ।

अत्तरिया उद्योग बाणिज्य संघका अध्यक्ष बसन्त रोकाया ललितको अध्यक्षतामा सुरु भएको कार्यक्रमका प्रमुख अथिति प्रदेश नं ७ का मुख्यमन्त्रि त्रिलोचन भट् रहनुभएको थियो भने विशिष्ट अथितिमा प्रदेश सांसद कृष्णराज सुवेदि ,सांसद चुनकुमारि चौधरी , गोदावरि नगरपालिकाका उपप्रमुख रत्ना कडायत रहनुभएको थयो । कृषि, पर्यटन, स्थानीय उत्पादनको प्रवद्र्धन गर्न थप टेवा र्पुयाउने उद्देश्यले हरेक वर्ष महोत्सव हुने गरेको छ ।

उद्घाटन सत्रमा सुदूरपश्चिमका विभिन्न कला संस्कृति झल्कने झाँकीहरु प्रस्तुत गरिएका थिए । बाजागाजा सहितको र्यालि अत्तरीया चोक परिक्रमा गरि महोत्सव स्थल पुगेको थियो । महोत्सवमा १५० ओटा बभिन्न खाले स्टलहरु राखिएका छन । महोत्सबको अबलोकनका लागी बिधार्थीहरुका लागी ४० रुपैया र अन्य सर्बसाधारणहरुका लागी ५० रुपैया टिकटको मुल्य कायम गरिएको आयोजक अत्तरिया उधोग बाणिज्य संघले जनाएको छ । १२ दिन सम्म संञ्चालन हुने उक्त महोत्बसमा ढाई देखि तिन करोड सम्मको कारोवार हुने अनुमान गरिएको अत्तरिया उद्योग बाणिज्य संघका अध्यक्ष बसन्त रोकाया ललितले जानकारी दिए ।

उधोग बाण्ज्यि संघका उपाध्यक्ष दुर्गा प्रसाद प्रसाईले स्वागत मन्तब्य राख्नुभएको कार्यक्रमको संञ्चालन माहासचिब अशोकराज देबकोटाले गर्नुभएको थियो । महोत्समा दैनिक रुपमा नेपालका चर्चित राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बिषेश प्रस्तुती रहने सास्कृतिक संयोजक एबम् उधोग बाणिज्य संघका माहासचिब अशोकराज देवकोटाले जानकारी दिए ।

उनले प्रत्येक दिन बिभिन्न कलाकारहरुको प्रस्तुति रहनुका साथै स्थानिय संघसस्था र बिधालयको सहभागीता प्रस्तुति रहने बताए । महोत्समा नेपालका चर्चित नायक निखिल उप्रेत, सिताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तली, लोक पप गाएक दुर्गेश थापा, राट्रिंय लोकदोहोरी गायक बद्रि पंङेनी, लोकपप गायक चक्र बम, लोकदोहोरी गायक गोपाल नेपाल जिएम, लोक पप गाएक अर्जुन कौशल लगाएत प्रदेश न्र ७ का चर्चिक देउडा गायकहरुको सहभागीता रहने उनले बताए । सुदूरखबरबाट

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *