नास्टले मनायो १७ औं वार्षिकोत्सव

सुनिल आउजी धनगढी,फागुन २५

धनगढी इन्जिनियरिङ्ग कलेज नास्टले १७ औं वार्षिकोत्सव बिभिन्न कार्यक्रम गरी मनाएको छ । वार्षिकोत्सवको अवसरमा बिद्याथीहरुद्धारा विभिन्न साँस्कृतिक कार्यक्रमहरु प्रस्तुती गरिएको छ । कलेजले विभिन्न विधामा प्रथम भएका विद्यार्थीहरुलाई पुरुस्कार पनि वितरण गरेको थियो ।

प्रमुख अतिथिको रुपमा बोल्दै प्रदेश नं.७ का प्रदेश प्रमुख मोहनराज मल्लले अब सात नं प्रदेशले शिक्षा क्षेत्रमा आमुल परिर्वतन गर्न शैक्षिक गुणस्तरमा ध्यान दिनु पर्नेमा जोड दिएका थिए ।

त्यसैगरी विशिष्ट अतिथि प्रदेश नं ७ का आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहराले ७ नं प्रदेशमा शैक्षिक गुणस्तर कम्जोर भएकाले अब शिक्षण संस्थाहरुले शैक्षिक गुणस्तर माथि उठाउ आग्रह गरेका छन् । मन्त्री बोहराले प्रदेश नं. ७ को उत्कृठ शिक्षण संस्था नास्ट कलेज भएकाले अझै उत्कृठ बनाउन आग्रह गरे ।

त्यसैगरी धनगढी उपमहानगरपालिका नगरप्रमुख नृप बहादुर ओडले ७ नं.प्रदेशको नाष्ट कलेज स्थापित नाम भएको बताए । अब प्रदेशमा शिक्षाको विकास गर्न आवश्यक रहेको ओडले बताए । कार्यक्रमको अध्यक्षता नाष्ट कलेज व्यवस्थापन समितिका अध्यक्ष डाः चेत राज पन्तले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *