
नेकपा माओवादी केन्द्रले बोक्सीको आरोपमा किशोरीलाई कुटपिट गर्नेविरुद्ध कानुनी कारबाहीको माग गरेको छ।
कैलालीको घोडाघोडी नगरपालिका–५ की १८ वर्षीया राधा चौधरीलाई बोक्सीको लान्छना लगाएर २४ फागुनमा कुटपिट भएको थियो । माओवादी केन्द्र प्रदेश नम्बर ७ ले विज्ञप्ति जारी ध्यानाकर्षण भएको जनाउँदै तत्काल कारवाही गर्न माग गरेको छ ।
राधालाई गुरुबा भनिने रामबहादुर चौधरीले आफ्नो घरमा भएको पूजामा नआएको भन्दै बोक्सीको लान्छना लगाएर मरणासन्न हुने गरी कुटपिट गरेका थिए। कुटपिटबाट गम्भीर घाइते भएकी छिन् । उनको सेती अञ्चल अस्पताल कैलालीमा उपचार भइरहेको छ।
माओवादी केन्द्र प्रदेश ७ प्रचारप्रसार विभाग प्रमुख ओमविक्रम भाट ‘सरल’ ले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘बोक्सी भन्दै लगातार ६ घन्टासम्म कुटपिट हुनु जस्तो अमानविय घटना घटेकोमा घोर भर्त्सना गर्दछौं। साथै उक्त घटनाको मुख्य अभियुक्त आफूलाई भोले बाबा बताउने रामबहादुर चौधरीलाई कानुनको दायरामा ल्याई कडाभन्दा कडा कारबाही गर्न र पीडित युवतीको उपचारको सम्पूर्ण व्यवस्था गर्न सरकारसँग जोडदार माग गर्दछौं।’
Leave a Reply