
नेकपा (माओबादी केन्द्र) ले कैलालीको घोडाघोडी नगरपालिका–५ मा बोक्सीको आरोपमा कुटपिट भएको घटनाको गम्भिर ध्यानआकर्षण भएको जनाउदै दोषीलाई हदैसम्मको कारवाहीको माग गरेको छ । कैलालीको घोडाघोडी नगरपालिका–५ की १८ वर्षीया राधा चौधरीलाई बोक्सीको लान्छना लगाएर २४ फागुनमा कुटपिट भएको थियो ।
नेकपा (माओबादी केन्द्र) प्रदेश नं.७ का ईन्चार्ज लेखराज भट्ट र संयोजक लक्ष्मण दत्त जोशीले आइतबार विज्ञप्ति जारी गर्दै कुटपिटमा परेकी राधा चौधरीमाथि बोक्सीको आरोपमा अमानबिय ढंगले निर्घात कुटपिट गरी गम्भिर घाईते बनाएको घटनाले माओबादी केन्द्र प्रदेश कमिटिको गम्भिर ध्यानआकर्षण भएको जनाएको छ ।
२१ औं शताब्दीमा पनि समाजमा घट्ने यस्ता घटना सामाजिक बिकृति,बिसंगती,शोषण,दमन,अत्याचार कुरुतीको चरम रुप हुन् । हाम्रो पार्टी निरन्तर यस्ता घटना बिरुद्ध संघर्ष गर्दै आएको छ । विज्ञप्तिमा उल्लेख छ,स्वघोषित बाबा बताउने राम बहादुर चौधरीद्धारा घटाएको उक्त घटना गम्भिर अमानबिय र निन्दनिय घटना भएकोले उक्त घटनाको भत्सर्ना गर्दै दोषीमाथि हदैसम्मको कारबाहीको माग गरिएको छ ।
फागुन २४ गते बिहीबार चौधरीलाई बोक्सीको आरोप लगाउँदै स्थानीय झाँक्री रामबहादुर चौधरीले कुटपिट गरेको भिडियो सार्वजनिक भएको थियो । कुटपिट हुँदा स्थानीयबासी समेत मुकदर्शक बनेका थिए ।
विज्ञप्ति पढ्नुहोस
Leave a Reply