नेपाल चेम्बर अफ कमर्सले ग¥यो सातै प्रदेशका मूख्यमन्त्रीलाई अभिनन्दन

काठमाडौं,धनगढी फागुन ३०

नेपाल चेम्बर अफ कमर्सले सात वटै प्रदेशका माननीय मूख्यमन्त्रीहरुलाई आज एक कार्यक्रमकाबिच अभिनन्दन गरेको छ ।

काठमाडौंको लाजिम्पाटस्थित होटल ¥याडिसनमा बिहान ८ बजे आयोजना गरिएको अभिनन्दन कार्यक्रममा क्रमश  : सातै प्रदेशका मूख्यमन्त्रीहरुलाई फूलमालाले अभिनन्दन गरिएको हो ।

चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले अभिनन्दनसंगै सम्मान पत्रसमेत प्रदान गरेका थिए । “संघिय संरचनामा आर्थिक समृद्धिका अबसर” भन्ने मूल नारासहित नव निर्वाचित मूख्यमन्त्री ज्यूहरुको सम्मानमा अभिनन्दन गरिएको हो ।

प्रदेश सरकार प्रदेशको आर्थिक समृद्धिका लागि गुरु योजना तयार पारी निजि क्षेत्रसंगको सहकार्यमा अघि बढ्ने सातै प्रदेशका मूख्यमन्त्रीहरुले प्रतिबद्धता जनाएका छन् । अभिनन्दन हुने मूख्यमन्त्रीहरुमा कमशः प्रदेश नं.शेरधन राई,प्रदेश नं.२ लालबावु राउत,प्रदेश नं.३ डोरमणी पौडेल,प्रदेश नं.४ पृथी सुब्बा गुरुङ्ग,प्रदेश नं.५ शंकर पोखरेल,कर्णाली प्रदेशका महेन्द्र बहादुर शाही र प्रदेश नं.७ का त्रिलोचन भट्ट अभिनन्दन हुनु भएको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *