सिलाईकटाईप्रतिको आकर्षण बढ्दो

जनक विष्ट धनगढी,फागुन ३०

दलित समुदायमा मात्र सीमित सिलाई कटाई व्यावसाय पछिल्लो समय सबै समुदायका मानिसको रोजाईमा पर्न थालेको छ । कम लगानीमा राम्रो आम्दानी गर्न सकिने भएपछि यो पेशाप्रती सबैको आकर्षण बढ्दै गएको हो । अहिले दमाई, दर्जी, परियार लगायतका समुदाय मात्र नभई बाह्मण, क्षेत्री, ठकुरीहरुको रोजाई पनि सिलाई कटाई बन्न पुगेको छ । सिलाई कटाई व्यवासायी संघ कैलालीका कोषाध्यक्ष केशवराज जोशीले सानै देखीको रुचीले यो पेशामा लागेको बताए । भिन्न जातजाती र वर्ग मात्र नभई यो पेशामा महिलाको आकर्षण पनि बढ्दो रहेको छ ।

यो व्यावसायमा लागेका महिलाहरु आत्मानिर्भर बन्न सफल समेत भएका छन् । घरपरिवारको रोकटोक हुदाहुदै पनि सिलाई कटाईमा लागेकी टीकापुर टेलर संघीकी महिला कोषध्यक्ष भद्रा रोक्काक्षेत्रीले यो व्यावसायबाट राम्रो आम्दानी गर्न सफल भएको बताईन् । ‘मेरो परिवार कपडा र मेसिन घरमा लाग्न दिदैन्थे, त्यसका बाबजुत पनि यो पेशामा लागे चित्त बुझेकै छ, ।’ उनले भनिन् । मोडर्न तयारी पोशाक उद्योगका प्रमुख प्रकाश दर्जीले अहिले सबै बर्गका मानिसहरु यस पेशामा आकर्षीत भएका कारण पेषाको गरिमा पनि बढेको बताए । दिनेशखबरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *