विपद जोखिम न्यूनिकरणका लागि सचेतिकरण अभियान संचालन गरिने

सिलगढी,चैत्र १

युवा बिद्यार्थीहरु मार्फत बिद्यालय तथा समुदाय स्तरसम्म विपद जोखिम न्यूनिकरणका बारेमा जानकारी प्रवाह गर्नका लागि डोटी जिल्लामा पहिलो पटक १ सय ५० जनाको क्षमता अभिबृद्धि गरिएको छ । तालिम प्राप्त दक्ष युवा बिद्यार्थीहरुलाई परिचालन गरेर बिद्यालय तथा समुदाय स्तरमा विपद जोखिम न्यूनिकरणका लागि सचेतिकरण अभियान संचालन गर्ने कार्यक्रम रहेको सामुदायिक बिकास केन्द्र डोटीले जनाएको छ ।

सो संस्थाका विपद जोखिम न्यूनिकरण अधिकृत प्रयागराज कापडीले दिनु भएको जानकारी अनुसार जिल्लाका विपद जोखिम न्यूनिकरण सम्बन्धि दक्ष जनशक्ति तयार गर्न जिल्लाका बिभिन्न १५ बिद्यालयका युवा बिद्यार्थीहरुलाई ५ स्थानमा दुई दिने प्रशिक्षक प्रशिक्षण तालिम दिईएको थियो । उक्त तालिममा समपर्ण एकेडेमी काठमाण्डौं र त्रिभुवन बिश्व बिद्यालयको संकट ब्यवस्थापन संकायका बिद्यार्थीहरुले सहजिकरण गरेका थिए ।

उक्त कार्यक्रममा गृहमन्त्रालयका उपसचिब शंकरहरी आचार्य तथा शिक्षा मन्त्रालयका सह सचिब डा. तुलसीप्रसाद थपलियाको पनि सहभागिता रहेको थियो । उक्त तालिम परराष्ट्र मन्त्रालय जापान, वल्र्ड भिजन ईटरनेशनल नेपालको सहयोगमा सामुदायिक बिकास केन्द्र डोटीद्धारा संचालित समुदाय तथा बिद्यालय विपद पूर्ब तयारी तथा उत्थानशिलता परियोजना अन्तरगत संचालिन गरिएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *