यातायात कार्यालयमा मूख्यमन्त्री भट्टको छड्के अनुगमन

धनगढी,चैत्र ५

प्रदेश नं.७ का माननीय मूख्यमन्त्री त्रिलोचन भट्टले आज कैलालीस्थित यातायात्रको कार्यालयमा छड्के अनुगमन गर्नु भएको छ । यातायात्र ब्यवस्थाको कार्यालयबाट प्रदान हुने सेवाहरुप्रति सेवाग्राहीको जनगुनासो बढेपछि मूख्यमन्त्री भट्टले यातायातको कार्यालयमा बिहान ११ बजे छड्के अनुगमन गर्नु भएको हो ।

लाईसेन्स परिक्षाका लागि फारम भर्न सेवाग्राहीहरु लाईनमा बसी रहेकै बेला मूख्यमन्त्री भट्ट एक्कासी अनुगमनमा पुगेर यातायातका कर्मचारीलाई सोधपुछ गर्न थालेपछि कर्मचारीहरु अचम्ममा मात्र परेनन रातोपिरो अनुहारमा एकलेअर्कोलाई हेरेर जवाफ दिदै थिए । मूख्यमन्त्री भट्ट कार्यालयमा पुग्दा यातायात कार्यालयमा सेवाग्राहीहरुको निकै ठूलो भिड थियो भने सेवाग्राहीहरु तीन लाईनमा बसेर लिखित परिक्षाको फाराम बुझाई रहेका थिए ।

मूख्यमन्त्री भट्टले लाईनमा बसेका सेवाग्राहीसंग कार्यालयले प्रदान गर्ने सेवाहरुको बारेमा जानकारी लिनु भएको थियो । सेवाग्राहीहरुले मन्त्रीको जवाफमा सेवा पाउन निकै खर्चिलो र झन्झटिलो भएको बताएका थिए । सेवाग्राहीसंगको कुराकानीपछि मूख्यमन्त्री भट्ट लेखा शाखा र कार्यालय प्रमुखको कार्यकक्षमा पुग्नु भएको थियो । मूख्यमन्त्री भट्ट कार्यालय प्रमुखको कार्यकक्षमा पुग्दा कार्यालय प्रमुख र सेवाग्राहीहरु ढोका बन्द गरेर कुराकानी गरी रहेका थिए ।

मूख्यमन्त्रीका प्रेस सहयोग मिलन परियारले प्रमुखको ढोका खोलेर मूख्यमन्त्री भट्ट भित्र पस्दा कार्यालय प्रमुख कृष्ण प्रसाद भुषाल र अन्य तीन जना सेवाग्राही अचम्ममा परेका थिए । तीन जना सेवाग्राही खुसुक्त बाहिरी भने कार्यालय प्रमुख रातोपिरो हुदै आफुहरुले दिने सेवा सुबिधामा कुनै कमी नरहेको जानकारी गराउदै थिए ।

जनतालाई छिटो छरितो र सरकारले तोकेको राजस्व रकम लिएर सेवा प्रदान गर्न दिर्नेशन दिनु भएको थियो । यातायात कार्यालयले दिने सेवा सुबिधाप्रति जनगुनासो प्राप्त भएपछि आफू छर्के अनुगमनमा आएको बताउदै मूख्यमन्त्री भट्टले जनताले पाउनु पर्ने सेवा,सुबिधामा आर्थिक चलखेल भएको आफु कहा जानकारी आए कारबाही गर्न पछि नपर्ने बताए ।

यातायात कार्यालयका कर्मचारीहरु लाईसेन्स बितरण,नविकरण,बाटो ईजाजत र जाचपासमा घुस खाने गरेको र घुस नदिदा काम ढिलासुस्ती गर्ने जनगुनासो बढेपछि मूख्यमन्त्री भट्टले छड्के अनुगमन गर्नु भएको मूख्यमन्त्रीका प्रेस सहयोगी मिलन परियारले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *