यौनिक तथा अल्पसंख्यक समुदायप्रति नगरप्रमुखको प्रतिवद्धता

राज चौधरी कैलाली,चैत ९

धनगढी उपमहानगरपालिकाका नगरप्रमूख नृप बडले यौनिक तथा अल्पसंख्यक समुदायका लागि जनचेतनामूलक कार्यक्रम संचालन गर्ने प्रतिवद्धता जनाएका छन् । थागिल समाज धनगढीले आयोजना गरेको कार्यक्रममा उनले एचआईभी संक्रमीत तथा यसको जोखिममा रहेका तेस्रोलिंगीहरु लागि अगामी नगर परिषद्बाट कार्यक्रम संचालन गर्ने प्रतिबद्वता व्यक्त गरेका हुन् ।

थागिल समाजका संयोजक ईश्वर पन्तले लिंकेज परियोजनाले यौनकर्मी महिला, यौनकर्मी पुरुष, एमएसएम तेस्रोलिंगी समुदायको एचआईभी तथा स्वास्थ्य अबस्थाको बारेमा काम गर्दै आएको बताए । एचआईभीको रोकथाम तथा संक्रमित रहेका व्यक्तिलाई सेवा प्रदान गरि रहेको पन्तले बताए ।

पन्तले ३ सय १२ जना तेस्रोलिंगी मध्ये १ सय ६३ जनालाई फिल्ड्मा भेटेको बताए । तेस्रोलिंगी एचआइएभी संक्रमीत भए पनि आफुहरले पहिचान नखुलाउदा अहिलेसम्म तेस्रोलिंगीमा एचआईभी पोजेटीभ नभेटीएको उनले बताए । पन्तले आफ्नो पहिचान खुलाएर आउन अग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *