चितवनमा चैते रोपाइँको चटारो

चितवन,चैत्र ८

पूर्वी चितवनमा चैते धान लगाउने चटारो शुरु भएको छ । उत्पादन पर्याप्त हुनेभएपछि सिञ्चित क्षेत्रमा कृषक चैते धान लगाउन लालायित भएका हुन् ।

रत्ननगरदेखि पिप्लेसम्म राप्ती नजिकका क्षेत्रमा चैते धान लगाउन शुरु गरिएको किसानले बताएका छन् ।
चैतको पहिलो सातावाट चैते धान रोप्न शुरु गरिन्छ । असार महिनामा चैते धान भित्र्याउने गरिन्छ । जिल्लामा गतवर्ष पाँच हजार हेक्टरमा चैते धान लगाउँदा २२ हजार पाँच सय मेट्रिक टन उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयका प्राविधिक सहायक नोदनाथ लामिछानेले बताए ।

नब्बे प्रतिशत भू–भागमा हर्दिनाथ एक जातको धान लगाइने लामिछानेले बताए । अन्य भागमा चैते २, चैते ४, विआर ४४ लगाइन्छ । वर्षातमा थन्क्याउन कठिन हुने भए पनि उत्पादन पर्याप्त हुने भएपछि कृषक चैते धानतर्फ आकर्षित भएका हुन् । खबरडबलीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *