लेखराज भट्टको घोषणा : घुस खाएको भेटिए राजनीतिबाट सन्यास लिन्छु

कैलाली,चैत्र ९

नेकपा माओवादी केन्द्रका ७ नम्बर प्रदेश इन्चार्ज एवं प्रतिनिधिसभा सदस्य क्षेत्र लेखराज भट्टले कैलालीको गोदावरी नगरपालिकास्थित हरैया सुकुम्बासी वस्ती हटाउने भनेर तीन पैसा पनि खाएको प्रमाणित गरेमा राजनीतिक जीवन नै छोड्ने बताएका छन् ।

पछिल्लो समय लगातार केही संचार माध्यमबाट पार्टी र उनको नाम जोडेर उक्त वस्ती हटाउनका लागि पैसा खाएको समाचार प्रकाशनरप्रशारण हुन थालेपछि शुक्रबार आफ्नै निवासमा पत्रकार सम्मेलन गरीे पूर्वमन्त्रीसमेत रहेका नेता भट्टले यस्तो बताएका हुन् ।

भट्टले भने,“हरैया सुकुम्बासी वस्ती हटाउन मैले तिन करोड खाएको भन्ने पूर्वग्राही समाचार सुनेको छु । यदि मैले उक्त वस्ती हटाउन तिन पैसा तथा एक कप चियासमेत खाएको कसैले प्रमाणित गर्छ भने म राजनीतिक जीवन नै छोड्न तयार छु ।”

गलत कार्य गरेको भए सार्वजनिक गर्ने अधिकार भए पनि पूर्वाग्रही ढंगले केही संचारमाध्यमले आफ्नो नाम जोडेको प्रति भट्टले दुःख व्यक्त गरे । अन्य कार्यकर्ताको नाम पनि सुकुम्बासी वस्ती हटाउन कमिसन खाएको भनेर समाचार आएकाले पार्टीको नीतिनियम विपरीत कुनैपनि कार्यकर्ताले काम गरेको पाइएमा कारबाही गरिने उनले स्पष्ट पारे ।

यस्तै, नेता भट्टले कैलाली निर्वाचन क्षेत्र नं १ बाट विजयी भएका प्रतिनिधी सभा सदस्य रेशमलाल चौधरीको मुद्दा अदालतमा रहेकाले अदालतकै आदेश अनुसार सरकारले काम गर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *