मूख्यमन्त्री भट्टद्धारा बेदकोटका बाढी पिडित दलित बस्तीको अवलोकन

धनगढी,कैलाली,चैत्र ११

प्रदेश नं.७ का मूख्यमन्त्री त्रिलोचन भट्टले आज कंचनपुर जिल्लाको बेदकोट नगरपालिका ४ बैतडाका बाढी पिडित दलित बस्तीको अवलोकन गर्नु भएको छ । लामो समयदेखी बाढीको चपेटामा पर्दै आएका बैतडास्थित सार्की टोलमै पुगेर भट्टले बाढी पिडित दलितहरुसंग क्षतिको अबस्था बारे जानकारी लिनुका साथै छलफल गर्नु भएको छ ।

०६६ सालमा आएको बाढीले बैतडाको छाला प्रशोधन उधोगसहित सिंगो दलित बस्ती बगाएको थियो । परम्परागत पेशाको रुपमा सावरको छाला प्रसोधन उधोग संचालन गर्दै आएका सार्की समुदायहरु बाढीले छाला प्रसोधन उधोग बगाएपछि पेसागत संकटमा परेका थिए ।

रोजगारीको अर्को बिकल्प नहुदा उनिहरुलाई अहिले हातमुख जोर्न समेत अप्ठेरो परेको मूख्यमन्त्री भट्टलाई दलित अगुवाहरुले जानकारी गराएका थिए । बस्ती नजिकै खोला भएको र बर्षेनी बाढीका कारण बस्ती बगाउने समस्याले बस्तीनै खतरामा परेको उनिहरुको भनाई थियो ।

सार्की समुदायहरुसंगको छलफलपछि मूख्यमन्त्री भट्टले नदि कटान नियन्त्रण र सार्की समुदायले अपनाउदै आएको पेसाको संरक्षणका लागि प्रदेश सरकारको नियमित बजेटमा आबश्यक रकमको ब्यबस्था गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

बेदकोट नगरपालिकाका प्रमुख अशोक चन्दको अनुरोधमा मूख्यमन्त्री  भट्ट दलित बस्तीको अबलोकनमा जानु भएको मूख्यमन्त्रीका प्रेस सहयोगी मिलन परियारले बताए । परियारका अनुसार मूख्यमन्त्री भट्टले बाढ्रीबाट बस्ती जोगाउन नदि कटान,छाला प्रसोधन उधोग संचालन र दलित समुदायले भोग्दै आएका खानेपानी,हात्ति आंतक लगाएतका समस्या समाधान समेत गरिने प्रतिबद्धता जनाएपछि मूख्यमन्त्रीनै आफनो समस्या बुझन घरमै आएको भन्दै दलितहरु खुशी भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *