समृद्धिको बाटोमा दोधारा–चाँदनी

भीमदत्तनगर,चैत्र १२

अझै पनि पश्चिममा महाकाली नदीलाई नेपाल–भारतको सीमा नदी मान्छन् । तर कञ्चनपुरसित सीमा जोडिएको क्षेत्रमा महाकाली नदीलाई पश्चिमतर्फको सीमा मान्नु अन्याय हो । कारण महाकाली नदीपारिको दोधारा–चाँदनी भएर बग्ने अर्को नदी जोगबुढाभन्दा पनि केही परसम्म नेपाली बस्ती छन् ।

जहाँ प्रदेश नं ७ कै सुख्खा बन्दरगाह निर्माणको प्रक्रिया अघि बढाइएको छ । विसं २०६० को दशकसम्म महाकाली नदीमा एउटा पुलसम्म नहुँदा महाकाली नगरपालिकावासी ९दोधारा–चाँदनी० भोग्नुपरेको पीडा शब्दमा वर्णन गर्न कठिन छ ।

झण्डै पाँच दशकअघि बसेको दोधारा–चाँदनीको बस्ती अहिले आइपुग्दा विकासका दृष्टिले कुनै अन्य क्षेत्रको तुलनामा पछि छैन ।

विसं २०६१ सम्म जिल्लाको सदरमुकाम महेन्द्रनगरसँग जोडिन नसकेको दोधारा–चाँदनीका लागि महाकाली नदीमा बनेको झोलुङ्गे पुल एउटा दरिलो माध्यम बन्न पुग्यो ।

‘झोलुङ्गे पुल बन्नु अघिसम्म मैले २० वर्ष महाकाली नदीमा किस्ती चलाएर स्थानीवासीलाई ओहोर–दोहोर गराएँ ।’ महाकाली नगरपालिका–४ का ६८ वर्षीय भीमबहादुर सिंहले भने, ‘अहिले त विकासको क्रम अन्य नगरपालिकाको भन्दा बढी नै भइरहेको छ ।’

स्थानीय तहको निर्वाचनमा वडा सदस्यसमेत निर्वाचित भएका सिंहले प्रतिव्यक्ति पाँच लिएर वर्षातको समयमा यात्रुहरु ओसारेको विगत सुनाए । खबरडबलीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *