कैलालीमा जडिबुटी प्रशोधन केन्द्र बन्ने

कैलाली,चैत्र १२

लम्कीचुहा नगरपालीका–८ गप्कामा जडिबुटी प्रशोधन केन्द्र बन्ने भएको छ । ४ करोडको लगानीमा २०७५ साउन महिना भित्र सञ्चालनमा आउने गरी सगरमाथा प्रशोधन केन्द्र निर्माण सुरु गरीएको हो । उद्योग बाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले केन्द्रको आइतबार शिलान्यास गरेका छन् ।

उद्योगले प्रदेश ७ का ८ वटै जिल्लामा जडिबुटी संकलन तथा प्रशोधन केन्द्र स्थापना गर्ने लक्ष्य लिएको छ । शिलान्यास गदै उपाध्यक्ष ढकालले यो प्रदेश विकासको सम्भावना बोकेको क्षेत्र भएको भन्दै यस्ता उद्योग सञ्चालनमा आय आर्थिक विकासले फड्को मार्ने बताए । उद्योगपति सुर्यबहादुर थापा, खडानन्द सापकोटा र जयलाल कोईरालाको संयुक्त लगानीमा उद्योग निर्माण गर्न लागिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *