महिला मैत्री कानुन बनाउन कुनै कसुर बाँकी नराख्ने : मुख्यमन्त्री भट्ट

निराजन परियार धनगढी,१५ चैत 
  १५ चैत्र २०७४, बिहीबार १३:२४

सात नम्वर प्रदेशस्तरिय महिला मंच २०७४ कार्यक्रममा मुख्य मन्त्री त्रिलोचन भटटले महिला मैत्री कानुन बनाउन प्रदेश सरकारले कुनै पनि कसुर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आज धनगढीमा महिलामैत्री संघीय गणतान्त्रीक नेपाल सम्भव छ, हामी संस्थागत गर्नेछौ,महिला मंच २०७४ र लोकतान्त्रीक गणतन्त्र नेपालको मुल आधार, पहिचान श्रम र शरिरमा महिलाको आफ्नो अधिकार भन्ने मुल नाराका साथ आजबाट सुरु भएको कार्यक्रमको उद्घाटन गर्दै प्रदेश नम्वर सातका मुख्य मन्त्री त्रिलोचन भटट्ले यस्तो बताउनुभएको हो ।

उहाँले सामाजिक,सास्कृतिक र मनोगत रुपान्तरणका लागि सामाजिक क्रान्तिको आवश्यक,रहेको बताउदै यसका लागि जनप्रतिनीधिबाट यो अभियानको सुरुवात गर्नुपर्ने बताउनुभयो । समाज परिर्वतनका लागि हुने जुन सुकै अभियानमाआफ्नो साथ, समर्थन रहने स्पष्ट पार्नुभयो । प्रदेश नम्बर ७ लाई कुरिती नामबाट भईरहेका हिंसा न्यूनिकरण गर्न सकारात्मक सोचका साथ आफैबाट यो अभियान सुरुवात गर्नुपर्ने कुरामा जोड् दिनुभयो ।

साथै संबिधानमा उल्लेख भएका कानुन कार्यान्वयनका लागि आफु सधै तत्पर रहने बिश्वास व्यक्त गर्नुभयो ।महिला मानव अधिकार रक्षक संञ्जालका केन्द्रिय अध्यक्ष रेणुराज भण्डारीले ५१ प्रतिशत महिला भएको ठाउँमा पनि महिलालाई दोस्रो दर्जाको रुपमा हेरिने गरेको बताउनुभयो । उहाँले महिलाहरुको श्रम र शरिरलाई जब सम्म सम्मान गरिदैन तव सम्म देशको आर्थिक समृद्धीको बिकास हुन नसक्ने बताउनुभयो ।

कार्यक्रममा उहाँले सामाजिक सांस्कृतिक रुपान्तरण सहितको लोकतान्त्रिक गणतन्त्रको अवधारणा, वर्तमान स्थिति, महिलाको स्थान, चुनौति र अबको बाटो विषयमा आधारपत्र समेत प्रस्तुत गर्नुभएको उपसभामुख निर्मला बडाल जोशीले पितृसतात्मक सोचका अवशेष जिवित रहेका कारण समाजमा बिभिन्न खालका कुरिती र हिसा हुने गरेको बताउदै आआफ्ना सोचमा परिर्वतन ल्याउनुपर्ने बताउनुभयो ।

महिला मानव अधिकार रक्षक सजालका अध्यक्ष निर्मला बागचन्दको अध्यक्षतामा भएको कार्यक्रमा महिला सांसदहरु, कैलालीका प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजाल,सात नम्बर प्रदेशका स्थानिय जनप्रतिनीधहरु र बिभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनीधि लगाएत सरोकारवाला निकायको सहभागिता रहेको भियो । कार्यक्रममा बिभिन्न सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो । आजबाट सुरु भएको प्रदेश स्तरिय कार्यक्रम १७ गते सम्म सञ्चालन हुने छ भने कार्यक्रममा प्रदेश नम्बर सातका महिलाहरुको सहभागिता रहेको थियो । सुदुरखबरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *