धनगढी प्रिमियर लिगको तयारी पूरा

धनगढी, चैत्र १६

चैत १७ गतेदेखि क्रिकेटको सहर धनगढीमा हुने रुस्लाम धनगढी प्रिमियर लिग (डीपीएल)–२ टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको छ । आयोजक धनगढी क्रिकेट एकेडेमीले बिहीवार पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी पूरा भएको जनाएको हो । ’मैदान ’फिनिसिङ“ को केहि काम बाहेक आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको छ“, एकेडेमीका अध्यक्ष सुवाश शाहीले भने । उनले यसवर्षको प्रतियोगितामा हरेक टिममा अनिवार्य रुपमा दुई÷दुई जना विदेशी खेलाडी समावेश रहेको जनाउँदै प्रतियोगिताको प्रत्यक्ष प्रशारण लगायतमा केहि नयाँ प्रयास गरेको जानकारी दिए ।

प्रदेश नम्बर ७ सङ्घीय प्रहरी इकाई कार्यालयको मैदानमा आयोजना हुने प्रतियोगिता खेल्नका लागि खेलाडीहरु धनगढी पुगि सकेका छन् । डीपीएल प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले मान्यता प्रदान गरेकाले यो प्रतियोगिता मार्फत धनगढीलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सहयोग पुग्ने शाहीले उल्लेख गरे । उनले डीपीएल मार्फत मुलुकको क्रिकेटमा नयाँ युगको सुरुवात हुने विश्वास व्यक्त गरे । ’आठवर्षको अवधिमा हामीले यहाँको क्रिकेटलाई एउटा उचाईमा ल्याउन सफल भएका छौं“, शाहीले अगाडि थपे,’अबको आठ वर्षपछि अझ नयाँ रुप दिन सक्नेमा विश्वास गरेको छु । यो उचाईसम्म आइपुग्नका लागि यहाँको सञ्चार माध्यम र सञ्चारकर्मी हरुको भूमिका महत्वपूर्ण रहेको छ ।

पत्रकार सम्मेलनमा नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले मुलुकको क्रिकेटले एकदिवसीय मान्यता पाएको बेला डीपीएल खेल्न पाउँदा खेलाडीहरु थप उत्साहित भएको बताए । नेपाली क्रिकेटले ’फष्ट कलास“ मान्यता पाउनेमा आफू विश्वस्त रहेको उल्लेख गरे । ’क्रिकेटमा लगानी बिना अगाडि बढ्न असम्भव थियो“, खड्काले भने, ’मुलुकमा हुने ठूला साना घरेलु प्रतियोगिताले नै क्रिकेटको विकासमा सहयोग गरेको छ । आयोजकले शुक्रवार सबै टिम र खेलाडीहरुको उपस्थितिमा प्रतियोगिताको ट्रफी सार्वजनिक गर्ने जनाएको छ । डीपीएलमा महेन्द्रनगर युनाइटेड, टिम चौराहा धनगढी, सीवाइसी अत्तरिया, रुपन्देही च्यालेन्जर्स, काठमाण्डौं गोल्डेन र विराटनगर किङ्ग्सले सहभागिता जनाउँदैछन् ।
प्

रतियोगिताको विजेता टिमले नगद २५ लाख, उपविजेताले १० लाख, तेस्रो र चौथो स्थान प्राप्त गर्ने टिमले क्रमशः तीन र दुई लाख रुपिया पुरस्कार पाउनेछन् । यसैगरी, म्यान अफ द सिरिज घोषित खेलाडीलाई मोटरसाइकल र भ्यालुएबल खेलाडीलाई सुनको जुत्ता प्रदान गर्ने आयोजकले जानकारी दिएको छ । डीपीएल प्रतियोगिताको एपी वान टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुनेछ । यसैगरी, विभिन्न अनलाइनमार्फत लाइभ प्रशासरण र स्कोर अपडेट हुने आयोजक धनगढी क्रिकेट एकेडेमीले जानकारी दिएको छ । पश्चिमटुडेबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *