
सेति अञ्चल अस्पतालले हेमोडाईलासिस मेशीन सन्चालन गर्न नसकेपछि निजि सस्थालाई सञ्चालनका लागि दीएको छ । प्रदेशको एकमात्र रिफरल अस्पताल रहेको सेतिले सेव दीन नसेकेपछि बिरङ हेल्थ केयर प्रालिलाई सञ्चालनका लागि दीएको हो ।
४ वटा हेमोडाईलासिस मेशीन रहेको अञ्चल अस्पतालमा सेवालाई प्रभावकारी बनाउन निजि सस्थालाई दीएको अस्पतालले बताएको छ । हेमोडाईलासिस मेशीनबाट दीईने सेवा निजिबाट पनि सरकारी सुल्क सरह प्रदान गरीने बताईएको छ । ३ यस सैयाको अस्पतालमा विस्तार गर्ने भनीएको अञ्चल अस्पतालमा अहिले भएका सेवालाई पनि निजि सस्थालाई सञ्चालन गर्न दीने अवस्थामा आएको छ ।
अञ्चल अस्पतालमा बिरामीको चाम दिन प्रतिदिन बढ्दै गएपनि बारम्बार सेवा प्रभाबित हुदा बिरामिहरु समस्यामा पर्ने गरेका थिए । अहिले एक हप्तामा २४ जनालाई सेवा समेत हेमोडाइलाइसिस मेशीनबाट दिन सकिरहेको छैन । बारम्बार मेसिर खराब हुने समस्या आउन थालेपछि अञ्चल अस्पतालको सो सेवा बिरङ हेल्थ केयर प्रा।लिले सञ्चालन गर्ने भएको छ । सो प्रा।ली र सेती अञ्चल बिच १५ बुदे सम्झौता भएको छ । सम्झौता पत्रमा सेति अञ्चल अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरीटेण्डेन डा। सजन के।सी र श्री बिरङ हेल्थ केयर प्रा।लिका प्रमुख व्यवस्थापक राजिव शाख्यले हस्ताक्षर गरेका छन ।
सेति अञ्चल अस्पतालको हेमोडाइलाइसिस सेवा सो कम्पनीलाई दिने नेपाल सरकार सचिवस्तरको मिति २०७४ असोज ८ गते निर्णय भएको भनीएको छ । यो सम्झौता पछि सो कम्पनीले सेवाको प्रभावकारीतामा जोड दिने अपेक्षा सेति अञ्चल विकास समितिका अध्यक्ष रिता बमले गरेकीछन ।
सम्झौता नेपालको कानुन अनुसार भएको दुबै पक्षको दाबि छ । सम्झौता भएको मितीबाट एक महिनामा सेति अञ्चल अस्पतालमा १० हेमोडाइलाइसिस मेसिन उपलब्ध गराउने कम्पनीले जनाएको छ । सो कम्पनीका प्रमुख ब्यवस्थापक राजिव शाख्यले मेसीन सञ्चालनकालागी थप जनशक्ति सहितका प्राविधिक आउने बताए । बारम्बार मेसिन खराब हुने समस्या केही हद सम्म समाधान हुन्छ उनले भने ।
सेति अञ्चल अस्पतालका निमिक्त सुपरिटेण्डेन डा। सजन के।सीले अबको एक महिनामा अञ्चल अस्पतालमा थप ९० जना भन्दा बढी बिरामीलाई हेमोडाइलाईसिस सेवा दिन सकिने बताऐ । सो संख्याका बिरामीलाई सेवा दिएपनि सबै बिरामीले सेवा पाउने अवस्था अजै नहुने उनको भनाई छ । इपश्चिमटुडेबाट
Leave a Reply