
प्रदेश नं ७ मन्त्री परिषद्को बुधवार दोश्रो बैठकले मन्त्री परिषद्का सदस्यहरुका लागि आचारसंहिता बनाउने निर्णय गरेको छ । मन्त्री परिषद् कार्यालयका सचिव प्रदिपराज कडेलका अनुसार आचारसंहितामा मन्त्री परिषद्का सदस्यहरुको नैतिकता, आचरण, नजिकका आफन्तहरुसंगको दुरी, मन्त्री परिषद्का सदस्य, मन्त्रालयका कर्मचारीहरुको ब्यावसायीकता अभिबृद्धी लगायतका कुराहरु रहेका छन् ।
त्यसैगरी मन्त्री परिषद् भित्र मिनि क्याविनेटको रुपमा रहने गरी ३ वटा समिति समेत गठन गरेको छ । गठन गरिएको सामाजिक र पूर्वाधार समितिमा आन्तरीक मामिला तथा कानुन मन्त्री प्रकाश बहादुर शाह संयोजक, त्यसैगरी राजनितिक समिति संयोजकमा सामाजिक विकास मन्त्री दिर्घ सोडारी र प्रशासन तथा बिधेयक समितिको संयोजकमा भौतिक विकास मन्त्री पठान सिंह बोहरा रहेको प्रदेश सरकारका प्रवक्ता प्रकाश बहादुर शाहले बताए ।
त्यसैगरी मन्त्री परिषद्को बैठकले प्रदेश सरकारका बिषयगत कार्यालयले योजना बनाएर काम गर्ने, प्रदेशका मन्त्रालयका भवन अनुगमन, प्रदेश सरकारका कर्मचारीहरु संगको समन्वय, फोहर ब्यबस्थापन, सवारी साधनको ब्यबस्थापन र स्वास्थ्य क्षेत्रको अनुगमन गर्ने निर्णय समेत गरेको प्रदेश नं ७ सरकारका प्रवक्ता शाहले बताएका छन् । ईपश्चिमटुडेबाट
Leave a Reply