मुख्यमन्त्री भट्टले आज विश्वासको मत लिने

समताखबर
  २२ फाल्गुन २०७४, मंगलवार १०:३८

प्रदेश नम्बर ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले आज विश्वासको मत लिने भएका छन् । दिउसो २ बजे बस्ने प्रदेश संसद बैठकमा मुख्यमन्त्री भट्टले बिश्वासको मत लिने भएका हुन् ।

मुख्यमन्त्री नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिनु पर्ने संवैधानिक प्राबधान छ । तर, प्रदेश संसदमा एमाले तथा माओवादी केन्द्रको सुविधाजनक बहुमत भएकाले निर्धारित समयभन्दा अगाडीनै विश्वासको मत लिन लागिएको हो । ५३ सदस्यीय प्रदेश संसदमा एमाले र माओवादीका ३९ सदस्य रहेका छन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *