
पोखराकी निरू कुँवरले १० वर्षसम्म अँगालेको नर्सिङ पेशालाई छोडेर पुरुषको कपाल काट्न सुरु गरेकी छन् । ओम हस्पिटल र बी एन्ड बी हस्पिटलमा १० वर्ष सेवा गरेकी उनले केटाको कपाल काट्न थालेकी हुन् ।
कुँवरले करिब १० लाख रूपैयाँ लगानीमा नख्खुमा ब्युटी क्लब इनोरोभेटिभ खोलेकी हुन् । उनले युवा कृष्ण पुनसँग पार्टनरसिपमा गरेकी छन् । उनले नेपालमा महिलाले पनि पुरुषले जत्तिकै काम गर्न सक्छिन् भन्ने उद्देश्यले आफूले कपाल काट्ने काम सुरु गरेको बताइन् ।
यसैबीच कुँवरले नेपाली युवालाई हेयर कटिङसम्बन्धी तालिम पनि दिने गरेको जानकारी दिइन् । ‘कपाल त सबैले काट्छन् । तर, यसबाट के–के रोग आउँछन् कसैलाई थाहा छैन । सोचेको खण्डमा नाउले एचआईभीदेखि स्किन रोगसम्म सार्दिन सक्छन् । यसबारे सजक गराउनुपर्छ,’ उनी भन्छिन् । नेपालीको कपाल काटेर करोडौं रूपैयाँ बाहिरिँदै आएको बताउँदै उनले भनिन्, ‘नेपाली युवाहरू रोजगारीका लागि विदेश जानुपर्ने बाध्यता छ । हामी नेपालमा भएका युवा–युवतीलाई ट्रेनिङ दिएर स्वदेशमै रोजगारी सिर्जना गर्छौं । जनतापोस्टबाट
Leave a Reply