प्रदेश स्तरीय स्वास्थ्य मन्त्रालय हुनुपर्नेमा राज्य मन्त्रीको जोड

काठमाण्डौ,चैत्र २७

अगामी आर्थिक वर्ष २०७५/७६ को कार्यक्रम तथा बजेटको बिषयमा सात वटै प्रदेशका सामाजिक विकास मन्त्री,सचिव तथा विभागीय कर्मचारीहरु संगको छलफलमा स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री पद्मा अर्यालले प्रदेश स्तरमा छुट्टै स्वास्थ्य मन्त्रालय स्थापना गर्नु पर्ने बताएकी छन् ।

स्वास्थ्य जस्तो वृहत क्षेत्रलाई समाजिक विकास मन्त्रालय अन्तर्गत राख्दा प्रभावकारी काम नहुने र स्वास्थ्य क्षेत्रमा जनताले पाउदै आएका सेवा सुविधामा समेत असर पर्ने बताएकी छन। नँया सघिंय व्यवस्थामा काम गर्दै जादा अन्यौल हुनु स्वाभाविक हो तर स्वास्थ्य जस्तो गम्भीर विषयमा राज्य र जनताको पक्षमा हित हुने गरी काम गरेर अगाडी बढ्नु पर्ने बताएकी छन ।

उपचारको संवैधानिक अधिकारको रक्षा गर्दै तिन वटै तहका सरकारले एक आपसमा सहकार्य गरेर अगाडी बढ्नु पर्ने कुरामा जोड दिईन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय द्धारा आयोजित उक्त दुई दिने कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *