धनगढी प्रिमियर लिगले बढाएको क्रिकेट शान

धनगढी,चैत्र २७

नेपाली क्रिकेटले एक दिवसीय मान्याता पाए लगत्तै क्रिकेटको सहर धनगढीमा सञ्चालित रुस्लान धनगढी प्रिमियर लिग ९डीपीएल० ले मुलुकमा क्रिकेट खेलको लोकप्रियतालाई थप उचाईमा पु¥याएको खेलप्रेमीहरुले बताएका छन् ।

सरकारी स्तरबाट पर्याप्त मात्रामा क्रिकेट खेल आयोजना हुन नसकिरहेको अवस्थामा निजी क्षेत्रबाट सञ्चालित डीपीएल जस्ता ठूला प्रतियोगिताले क्रिकेट खेलको विकासमा महत्वपूर्ण योगदान पुग्ने उनीहरुको बुझाइ छ । ’नेपालमा अब सबैको ढुकढुकीमा बसेको खेल क्रिकेट हो“, अत्तरियाका रवि खनाल भन्छन्, ’नेपालले ओडीआई मान्यता पाएपछि यसको समर्थक फ्यान अझ बढेका छन् । भने, डीपीएलले क्रिकेटलाई थप उचाईमा पु¥याएको छ ।

’धनगढीमा क्रिकेट खेलले निरन्तरता पाएको धेरै वर्ष भएको छैन । सन २०१० मा सुदूरपश्चिमाञ्चल एकेडेमीले यहाँ कलेज स्तरीय एसपीए कप क्रिकेट प्रतियोगिता सञ्चालन गरेर नयाँ पुस्तामा क्रिकेट खेलको विजारोपण गरेको थियो । त्यहि प्रतियोगिता धनगढी क्रिकेट लिग हुँदै निजी क्षेत्रबाट सञ्चालित मुलुकमै सर्वाधिक पुरस्कारराशीको धनगढी प्रिमियर लिगमा रुपान्तरण भएको छ ।

हाल धनगढी क्रिकेट एकेडेमीले डीपीएल प्रतियोगिता सञ्चालन गर्दै आएको छ । यसका अतिरिक्त क्लब, विद्यालयबाट महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता, विद्यालय स्तरीय क्रिकेट प्रतियोगिता यहाँ भइरहेका छन् । यो वर्ष प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिता सरकारी निकायबाट धनगढीमा आयोजना भएको थियो ।

आठ वर्षको अवधिमा यहाँ क्रिकेट खेलको क्रेज ह्वात्तै बढेको यो खेल अवलोकन गर्ने दर्शकको भीडभाडले नै पुष्टि हुन्छ । सुरुवाती वर्ष प्रतियोगिता हुँदा खेलाडी र क्रिकेट बुझ्ने सीमित दर्शकमात्रै मैदानमा हुने गर्दथे । तर, क्रिकेटको बढ्दो क्रेजसंगै अब पैसा तिरेर खेल हेर्ने दर्शक मैदानमा उर्लने गरेका छन् । धनगढीमा विगत केहि वर्ष यता भइरहेको क्रिकेट प्रतियोगिताले मुलुकमै क्रिकेटको शान बढाएको बैयाबेहडीका टेक बिष्ट बताउँछन् ।

डीपीएल प्रतियोगिताको क्रममा यहाँ स्थित सङ्घीय प्रहरी इकाईको मैदानमा भेटिएका उनले भने, ’म त क्रिकेटकै फ्यान हुँ ।“ नेपालले एक दिवशीय मान्यता पाएपछि निकै उत्साह बढेको थियो । त्यो उत्साहलाई डीपीएलले थप उचाईमा पु¥याएको छ । टेलिभिजनमा देखिने विदेशी खेलाडीहरुका खेल आफ्नै सहरमा हेर्न पाउँदा क्रिकेट खेलप्रतिको मोह झनै बढेको बिष्ट बताउनुहुन्छ । क्रिकेटर दीपेन्द्रसिंह ऐरीका काकी धनादेवी ऐरीको बुझाइ पनि क्रिकेट खेलप्रेमी बिष्टको जस्तै छ । धनगढीमा विगत केहि वर्ष यता नियमित भइरहेको क्रिकेट प्रतियोगिताले नयाँ खेलाडी उत्पादन गर्नुका साथै क्रिकेट खेललाई लोकप्रिय बनाएको उनले सुनाइन् ।

क्रिकेट खेलको बारेमा अलि अलि बुझने धनादेवी डीपीएल हेर्न प्राय मैदानमा पुग्ने गर्छिन् । डीपीएल खेल्न तीन जना छोराहरु मैदानमा उत्रिंदा गर्व महसुस भएको उनले बताइन् । धनादेवीका भतिजाहरु दीपेन्द्रसिंह र कमल ऐरी सीवाइसी अत्तरियाबाट खेल खेलीरहेका छन् । प्रदीप ऐरीले रुपन्देही च्यालेन्जर्सबाट खेलेका थिए । उनका अनुसार ऐरी परिवारको वातावरण क्रिकेटमय छ । कुल घरानाबाट पाँच जना क्रिकेटर जन्मेका छन् ।

आइसीसीबाट मान्यता प्राप्त यो वर्षको डीपीएलमा दर्शकहरुले उच्च प्रविधिको प्रयोग पनि देख्न पाए । मैदानमा डिजिटल स्कोर बोर्ड र थर्ड अम्पायरको व्यवस्था देखेर दङ्ग क्रिकेट समर्थक विनोद केसी भन्छन्,’हाम्रो यहाँको क्रिकेट खेल पनि अब अन्तर्राष्ट्रिय स्तरको खेल भन्दा कम छैन । खेलमा उच्च प्रविधिको प्रयोग चानचुन्े होइन् । वास्तवमा, डीपीएल प्रतियोगिता तारिफ योग्य छ ।’

डीपीएलले नेपाली क्रिकेटलाई नयाँ युगमा प्रवेश गराएको आयोजक पक्षको दावी छ । धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवाश शाहीको बुझाइमा यो ऐतिहासिक टुर्नामेन्ट हो । उनी भन्छन्,’हामीले अक्सन प्रथाको सुरुवात गरेका छौं । यसले खेलमा पनि खेलाडीको भविष्य सुनिश्चित छ भन्ने सन्देश दिन्छ ।’ पश्चिम टुडेबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *