प्रदेश ७ मा ’स्वास्थ्य वर्ष’ सुभारम्भ

धनगढी,बैशाख १

सामाजिक विकास मन्त्रालयले २०७५ साललाई स्वास्थ्य वर्षका रुपमा अघि बढाउने भएको छ । ‘स्वास्थ्यप्रति जिम्मेवार, समृद्धिको आधार’ भन्ने नाराका साथ २०७५ लाई  ‘स्वास्थ्य वर्ष’ मनाइन लागेको हो । प्रदेश नम्बर ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले योगा, सरसफाइ, स्वास्थ्य परिक्षण सहितका कार्यक्रममा सरिक भई नयाँ वर्षको पहिलो दिन बैसाख १ गते अभियान शुरुवात भएको घोषणा गरेका हुन । स्वास्थ्य हामी सबैको पहिलो प्राथमिकता हो ।

स्वस्थ रहन व्यवहार परिवर्तन आवश्यक रहेकाले योगा अभ्यासबाट अभियान शुभारम्भ गरेको भट्टले बताए ।  सर्वसाधारणलाई स्वस्थ रहन प्रेरित गर्दै मुख्यमन्त्री भट्ट सहित प्रदेशका स्वास्थ्य समेत हेर्ने समाजिक विकास मन्त्री दीर्घ सोडारी सहितले योगा अभ्यास गरेका थिए । त्यसपछि उनीहरुले सेती अन्चल अस्पतालका वृद्धवृद्धा सहितका बिरामीलाई फलफूल वितरण र अस्पताल क्षेत्र सरसफाइ पनि गरेका थिए ।

धनगढीबाट शुरु भएको अभियानलाई प्रदेश ७ का गाउँ, वडा तहमा लैजान सामाजिक विकास मन्त्रालयले विभिन्न कार्यक्रम सञ्चालन गर्ने भएको छ ।  पछिल्लो समय सर्नेभन्दा नसर्ने रोगको संक्रमण बढ्दै भइरहेको पाइएकाले मन्त्रालयले उपचारात्मकसंगै प्रतिरोधात्मक कार्यक्रम प्रदेशभरि नै सन्चालन गर्न लागेको सामाजिक विकास मन्त्री सोडारीले बताए ।  ‘नसर्ने रोग विशेषगरी खानपान तथा जीवनशैलीसँग सम्बन्धित भएकाले यसबारे जनचेतना फैलाउनुको विकल्प छैन,’ मन्त्री सोडारीले भने ।

सामाजिक विकास मन्त्रालयले चुरोट, रक्सी र सुर्तिजन्य पदार्थ नखाने, नियमित व्यायम गर्ने, ट्राफिक नियमको पालना गर्ने लगायतका आठ बुँदे प्रतिबद्धता जनाएको छ ।

यस्ता छन् प्रतिबद्धताः

१.   म तनावरहित जीवन व्यतित गर्छु ।

२.   म मेरो घर र टोल समुदाय सफा राख्छु ।

३.   म चुरोट रक्सी र सुर्तीजन्य पद्धार्थ खान्न ।

४.  म नियमित व्यायाम गर्छु ।

५.  म पोषिलो खाना खान्छु ।

६.   म नियमति स्वास्थ्य जाँच गर्छ ।

७.  म मेरो परिवार र समूदायको स्वास्थ्यप्रति सजग रहन्छु ।

८.  ट्राफिक नियमको पालना गर्छु ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *