जबरजस्ती करणीविरुद्ध तीनमहिने अभियान शुरु

ललितपुर,बैशाख २

सिराहामा पछिल्लो समय बलात्कारका घटना बढ्न थालेपछि आजदेखि तीनमहिने जनचेतनामूलक अभियान शुरु भएको छ । ‘जबरजस्ती करणी अपराध अनुसन्धान तथा नियन्त्रण अभियान कार्ययोजना, २०७४’ तयार पारेर जिल्ला प्रहरी कार्यालयले उक्त अभियान सञ्चालन गरेको हो ।

अभियानअन्तर्गत महिला तथा बालबालिका सेवा केन्द्र र इलाका प्रहरी कार्यालयबाट निर्धारित पाठ्यक्रमअनुसार ग्रामीणस्तरमा शैक्षिक संस्थाका कक्षा ८, ९ र १० का विद्यार्थीलाई प्रशिक्षण दिने, सर्वसाधारणसँग अन्तरक्रिया गर्ने, प्रचारप्रसार र ठाउँ ठाउँमा माइकिङ गर्ने कार्यक्रम रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राजन भेटवालले जानकारी दिए ।

यौनजन्य हिंसाविरुद्ध नारासहित तुल र पम्प्लेट लिएर पदयात्रा र सडक नाटक प्रदर्शनलगायत कार्यक्रम समेत रहेको भेटवालको भनाइ छ ।
नगर र गाउँपालिकाका उपप्रमुखको संयोजकत्वमा वडाहरूमा महिलालाई सहभागी गराई ‘जबजरस्ती करणी अपराध’ विषयमा अन्तक्र्रिया गर्ने योजना रहेको अभियानले राखेको छ ।

चालू आर्थिक वर्षको हालसम्ममा ४६ करणी र करणी उद्योगका घटना दर्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । महिला खबर

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *