करोडौको लगानीमा धनगढीमा ‘फन सिटी’

धनगढी, बैशाख ७

गर्मीयाममा कैलालीका अधिकांशले गर्मी छल्न चिसो ठाँउको खोजीगर्दै पहाडको खानीडाँडा सम्म पुग्थे । तर अब धनगढीमै गर्मी मजाले छल्न सकिन्छ ।

धनगढीमा करिब १२ करोड वढीको लगानीमा निर्माण भएको धनगढी फन सिटी जल विहारकालागि विभिन्न सुविधा सहितको फन पार्कको निर्माण कार्य सम्पन्न भएको छ ।

धनगढी उपमहानगरपालिका २ त्रिनगर भन्सार नजिकै पुरानो भन्सार रोडमा झण्डै अढाई विगाह क्षेत्रफलमा निर्माण सुरु गरिएको फन पार्कको निर्माण शुरु भएको दुई वर्षपछि सम्पन्न भएको हो । फन पार्कमा, जल विहार, लगायत विभिन्न प्रकारका पानीमा रमाउनका लागि आवश्यक पर्ने उपकरणहरु, रेष्टुरेन्ट लगायतको सुबिधाहरु रहेको सन्चालक श्याम विष्टले बताए ।

उनले निर्माण भएको फनपार्कमा स्वीमिङ पुल सहित वेव पुल, किड्स पुल, मल्ट्रील्याण्ड स्लाईड, ट्युवलाईट स्लाईड, पेन्डुलम, म्युजिकल फनटेन, व्रेक डान्स लगायतका जल विहारमा आनन्द लिन सकिने सेवाहरु रहने बताए ।

बाहिरबाट धनगढीमा आउने पर्यटकहरुलाई, रमाउनका लागि आवश्यक स्थान नभएपछि निर्माण कार्य सुरु गरिएको फन पार्कले आन्तरिक पर्यटकहरुलाई सवैभन्दा वढी राहत हुने अर्का संचालक धर्मपाल सिंह रावत बताउँछन् ।

नेपाल भारत सीमा क्षेत्र नजिकै रहेको पुरानो भन्सार रोडमा अवस्थित धनगढी फन सिटीको यहि बैशाख १४ गतेदेखि सर्वसाधारका लागि खुला गरिने संचालक रावतले बताए ।

प्रदेश नम्बर सातको राजधानीको रुपमा विकास भैरहेको यस क्षेत्रका युवा व्यवसायीहरुले थालनी गरेको व्यवसायले रामै्र सफलता पाउनेमा कुनै द्विविधा छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *