प्रदेश नं. ७ को आंशिक बजेट संसदमा प्रस्तुत

धनगढी, बैशाख १०

 

७ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले १ अर्व २ करोड ५ लाखको अल्पकालिक बजेट आईतबार संसदमा प्रस्तुत गरेका छन् । जसमध्ये चालुतर्फ ३० करोड सात लाख ७७ हजार अर्थात २९ दशमलव ४७ प्रतिशत, पूँजीगत तर्फ १५ करोड ५७ लाख अर्थात १५ दशमलव २६ प्रतिशत र अर्थ विविध तर्फ २६ करोड ४० लाख २३ हजार अर्थात ५५ दशमलव २९ प्रतिशत रहेको छ ।

बजेटले संघियता कार्यान्वयनमा सहयोग गर्ने, प्रदेश स्तरीय निकाय हरुको संरचना ब्यबस्थापन गर्ने, दिगो समावेशी र उच्चदरको आर्थिकबृद्धी हासिल गर्न प्रस्थानबिन्दु तयगर्ने, सबै क्षेत्रको समानुपातीक विकासगरी समष्टीगत आर्थिक स्थायित्व कायम गर्ने, विकास प्रकृयामा अपनत्वबोध गराउन सहभागिता सुनिश्चित गर्ने जस्ता उदेश्य राखेको आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले प्रस्तुत गरेको बजेटमा उल्लेख गरिएको छ ।

संघियता कार्यान्वयनका लागि कानुनी तथा संस्थागत संरचना निर्माण, अल्पकालिन, मध्यकालिन तथा दिर्धकालिन आवधिक योजना निर्माण, गरिबी न्यूनिकरण गर्न लक्षित कार्यक्रम संचालन,कृषिमा आत्मनिर्भर,शिक्षा स्वास्थ्य, खानेपानी,सरसफाई, विकासका पूर्वाधारहरुको प्रारुप तय,जल, जमिन, जंगल, जडिबुटी, उद्योग पर्यटनको वैज्ञानिक विकास, आर्थिक असमानता हटाई समावेशी विकास गर्ने र प्रचुर सम्भावना भएका क्षेत्रको पहिचान गर्ने कुराहरुलाई बजेटले प्राथमिकतामा राखेको छ ।

बजेटको ठूलो हिस्सा बिभिन्न क्षेत्रको सम्भाब्यता अध्ययनका लागि छुट्टाईएको छ । जसमध्य धार्मिक पर्यटनको सम्भाब्यता अध्ययन, औधोगिक क्षेत्रहरुको सम्भाब्यता अध्ययन, कृषी बजारको सम्भाब्यता अध्ययन, प्रदर्शनी स्थल निर्माणका लागि सम्भाब्यता अध्ययन, प्राविधीक उच्च ब्यावसायीक शिक्षा तथा स्वास्थ्य विज्ञान बिश्वविद्यालयको सम्भाब्यता अध्ययन, बिपन्न परिवारका वालबालिकालाई शैक्षिक पहुँच तथा उचित वासस्थान ब्यबस्थापन गर्न सम्भाब्यता अध्ययन, अन्तराष्ट्रिय रंगशाला तथा कभडहल निर्माणका लागि सम्भाब्यता अध्ययन, क्रिकेट खेल मैदान स्थापना गर्न सम्भाब्यता अध्ययन, भारतमा रोजगारीमा हुने सम्भावित जोखिम न्यूनिकरणका लागि बिमा कार्यक्रम संचालन गर्न सम्भाब्यता अध्ययन, औधोगिक क्षेत्रहरुको सम्भाब्यता अध्ययन, खप्तड क्षेत्रमा केवुलकार स्थापनाका लागि सम्भाब्यता अध्ययन, प्रदेश स्तरको संग्रहालयका लागि सम्भाब्यता अध्ययन, बहुमुल्य जडिबुटी प्रशोधन तथा उत्पादन गर्ने संस्था स्थापना गर्नका लागि सम्भाब्यता अध्ययन, सडक खानेपानी, तटवन्ध, बाँध निर्माण तथा सिंचाई आयोजनाहरुको पहिचान तथा प्राथमिकिकरण गर्न सम्भाब्यता अध्ययन, जोखिम स्थलका पुल निर्माणका लागि सम्भाब्यता अध्ययन, स्थानीयतहमा स्मार्ट भिलेज स्थापनाका लागि सम्भाब्यता अध्ययन, शहरीकरणको सम्भाब्यता अध्ययन, जलविद्युत विकास कम्पनी स्थापना गर्न सम्भाब्यता अध्ययन, खाद्य संस्थान,वित्तीय संस्था , विमा कम्पनीहरु संचालन गर्न सम्भाब्यता अध्ययन र प्रदेश गौरवका आयोजनाहरुको सम्भाब्यता अध्ययन गर्न रकम छुट्टाईएको छ । प्रदेश सरकारको पहिलो बजेट भएकाले नितिगत बिषय र सम्भाब्यता अध्ययनका लागि बजेट छुट्टाईएको आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहराले बताए । उनले भने, बजेटको सिमा र समयको सिमितताका कारण सबै योजनालाई समेट्न सकिएको  छैन ।

बजेटमा तुईन बिस्थापितदेखि स्मार्ट भिलेज सम्मका कार्यक्रम  आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले प्रस्तुत गरेको बजेटमा प्रदेशबाट तुईन बिस्थापीत देखि स्मार्ट भिलेज निर्माण गर्ने कार्यक्रम   समावेश गरिएका छन् । प्रदेशबाट पूर्णरुपमा तुईन बिस्थापन गर्नका लागि सम्भाब्यता अध्ययन गर्ने भनिएको छ । त्यसैगरी सरकारले गुनासो सुन्नका लागि हेलो सिएम कार्यक्रम संचालन गर्ने कुरा समेटिएको छ ।  शैक्षिक बेरोजगारहरुलाई बिनाधितो ऋण उपलब्ध गराउने कुरा समेत बजेटले समेटेको छ ।

मुख्य मन्त्री कृषी कार्यक्रम, मुख्य मन्त्री राहत कोष, आकस्मिक कोष, कृषी अनुदान कोष, खाद्यान्न राहत कोष स्थापना गर्ने कार्यक्रम बजेटमा समेटिएको छ । त्यसैगरी ९ वटै जिल्लामा सितभण्डार निर्माणका लागि सम्भाब्यता अध्ययन, मागमा आधारीत स्वरोजगार मुलक तामिल, महिला स्वास्थ्य स्वयंसेविका, वालविकास सहजकर्तालाई प्रोत्साहन रकम, सामुदायीक अस्पताललाई उपकरणमा सहयोग, धुम्ती सिविर, आपतकालिन अबस्थाका लागि औषधी खरिद, चिउरी, रिठा, नेपाली हाते कागज उद्योगको सम्भाब्यता अध्ययन, धार्मिक पर्यटन प्रवद्र्धन, सडक, खानेपानी विद्युतका संरचनाको सम्भाब्यता अध्ययन गर्ने कार्यक्रम बजेटमा समेटिएको छ । ५ बर्ष भित्र पूर्ण साक्षर प्रदेश, एक ब्यक्ति एक बैंक खाताको अभियान संचालन गरिने कुरो समेत बजेटमा परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *