कम्युनिष्ट एकताले मात्रै श्रमिकको अधिकार सुनिश्चित गर्न सक्छः अध्यक्ष दाहाल

काठमाडौं बैशाख १८

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले देश स्थिरता र समृद्धिको बाटोमा अग्रसर रहेको अहिलेको सन्दर्भमा सर्वहारावादी कम्युनिष्ट एकता अपरिहार्य आवश्यकता बनेको बताएका छन्।

अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज ९मंगलबार० एक शुभकामना सन्देश दिँदै अध्यक्ष दाहालले अग्रगामी कम्युनिष्ट बीचको ध्रुवीकरणले मात्र मुक्तिकामी श्रमिक वर्गको हकअधिकार सुनिश्चित गर्न सकिने बताएका छन्।

शुभकामना सन्देशमा अध्यक्ष दाहालले भनेका छन्– ‘समाजवादको आधार निर्माण गर्न संघर्ष गर्नु नेपाली श्रमिक वर्गको मुख्य कार्यभार हो।’ सन्देशमा उनले नेपाली जनताको मुक्तिकामी आन्दोलनमा श्रमिक वर्गको त्याग, तपस्या र बलिदानप्रति अध्यक्ष दाहालले कृतज्ञता ज्ञापन पनि गरेका छन्।

संविधानको सफल कार्यान्वयनसहित स्थिरता, समृद्धि र समाजवादी अर्थतन्त्र विकासका लागि मजदूर वर्गले आगामी दिनमा अग्रदस्ताको भूमिका निर्वाह गर्न सकोस् भन्दै अध्यक्ष दाहालले नेपाल र विश्वका मजदूरमा १२९ औँ मई दिवसको शुभकामना व्यक्त गरेका छन्। रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *