कांग्रेस सभापती देउवा र मुख्यमन्त्री भट्टबीच भेटबार्ता

धनगढी,बैशाख १९

नेपाली कांग्रेसका सभापती तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ७ नम्बर प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई काम गर्दा अधिकतम् सहमतीबाट गर्न सुझाव दिएका छन् ।
कांग्रेस सभापती शेरबहादुर देउवालाई भेट्न मंगलबार देउवाको निजी निवास घनगढी पुगेका मुख्य मन्त्री त्रिलोचन भट्टलाई प्रदेशको समृद्धीका लागि दलहरु बिच तित्तता आउने वातावरण सिर्जना नगर्न पनि सुझाव दिए । पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले आफु यसै प्रदेशको स्थानीय भएकाले प्रदेशको विकास र समृद्धीका लागि सहयोग गर्ने प्रतिवद्धता समेत गरे ।

कांग्रेस सभापती शेरबहादुर देउवाले प्रदेशको राजधानी र नामाकरण गर्ने काम पनि सहमतीबाटै गर्न मुख्यमन्त्रीलाई सुझाव दिए । उनले भने,‘यस बिषयमा सबै संग छलफल गर्नुहोस सकेसम्म सहमतीका आधारमा चाँडो प्रदेशको नाम र राजधानी तोक्नु होस । बिगतमा दलहरु एकजुट नहुदा विकास गर्न समस्या भएको सभापती शेरबहादुर देउवाले मुख्यमन्त्रीलाई बताएका थिए । बहुमत अल्पमतमा अल्झीए प्रदेशको विकास असम्भव हुने पनि देउवाले बताए । मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव शिव सिंह वलीका अनुसार मुख्यमन्त्री भएपछि त्रिलोचन भट्टले पहिलो पटक कांग्रेस सभापती संग भेट गरेका हुन । वहाँ यसै प्रदेशको स्थानीय र प्रधानमन्त्री भएर काम गरेको लामो अनुभव भएकाले मुख्यमन्त्रीले सुझाव र सल्लाहका लिनका लागि भेट गरेको प्रमुख स्वकीय सचिव शिव सिंह वलीले बताए ।

सभापती देउवाद्धारा क्याम्पसको भवन उद्घाटन नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाले कैलालीको अत्तरिया स्थीत दुर्गालक्ष्मी क्याम्पसको भवन उद्घाटन गरेका छन् ।पाँच करोड भन्दा बढी लगानीमा निर्माण गरिएको ३ तले भवनको उद्घाटन गर्दै अव प्रदेशलाई प्राविधीक शिक्षातर्फ लैजानुपर्ने बताए । सभापती देउवाले ७ नम्बर प्रदेशका विद्यालयहरुले उत्पादन गरेका व्यक्तिहरु मुलुकका विभिन्न उच्च तहमा पुगेको बताउदै शिक्षण सिकाईलाई थप प्रभावकारी बनाउनुपर्ने बताए । सभापती देउवाले प्रदेशको विकासका एजेण्डामा सबै राजनीतिक दलहरु एक ठाउँमा आउनु पर्ने बताए । अहिले सम्म दलहरुको घ्रुवीकरणका कारण ७ नम्बर प्रदेश विकासमा परेको हो सभापती देउवाले भने,‘सम्भावनाको पहिचान गर्दै सबै दलहरुले एकमत भएर अगाडि बढे ७ नम्बर प्रदेश देशकै धनी प्रदेश बन्ने छ ।

प्रदेश ७ मा हिमाल, पहाड, तराइका जिल्लामा बसोबास गर्ने विभिन्न जातजातिका मानिसहरुले सामाजिक सद्धभाव कायम राख्नमा सहयोग गरेको भन्दै पूर्वप्रधानमन्त्री देउवाले प्रशंसा गरे । उनले कर्णाली, सेती र महाकाली नदीको पानी जलविद्युत र सिँचाईमा प्रयोग गर्नु पर्ने बताए । धनगढी विमानस्थलको स्तरोन्नति गरेर पर्यटकहरुलाई भित्राएर प्रदेशलाई आर्थिक समुन्नति तर्फ डो¥याउन तर्फ प्रदेश सरकारको ध्यान जानु पर्नेमा देउवाले सुझाव दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *