
बैशाख १६ गते यार्सा संकलनमा रोक लगाएको भए पनि आज बाट फेरी यार्सा संकलन गर्न छुट गरीएको छ। बैशाख १६ गते सुर्मा गाउँपालिकाको धनसेरी वन सुरक्षा समितिले यार्सा संकलनमा रोक लगाएको थियो। बैशाख १४ गते बसेको धनसेरी वन सुरक्षा समितिको बैठकले यार्सा संकलनमा रोक लगाउने निर्णय गरेको थियो।
यार्सा संकलन गर्ने वन धनसेरीमा यार्सा नपार्इएपछी बैशाख २७ गते सम्मका लागी यार्सा संकलनमा समितिले रोक लगाएको थियो। यार्सा संकलन गरेको फेला परे एक लाख रुपैयाँ जरीवाना गर्ने र संकलन गरिएको यार्सा समेत जफत गरीने समिीतिले निर्णय गरेपछी यार्सा संकलकहरु घर फिर्ता भएका थिए।
Leave a Reply