डोटीमा आरटीआई क्याराभान

मोहन शाही डोटी, बैशाख ३०

शुक्रबार बेलुकी दिपायल पिपल्लाका प्रसाद नेपाली सूचनाको हकबारेमा थाहा पाउदा दङ्ग परे । सार्वजनीक महत्व राख्ने कार्यालयबाट पत्रकारले मात्र सूचना माग्न पाउछन् भन्ने उनको बुझाई थियो । तर उनलाई कैलालीबाट आएको टोलीले भने सर्बसाधरणले पनि सूचना माग्न पाउछन् भन्ने स्पष्ट पारिदियो । ‘मलाई मेरो टोलमा आएको खानेपानीबारे सूचना लिनु पर्ने थियो तर सर्बसाधरणले माग्न पाउदैनन भन्ने सोचेर चुपचाप थिए’, उनले खुसी हु“दै भने, ‘सूचना त मैले पनि माग्न पाउछु भन्ने कुरा संबिधानमा मौलिक हककै रुपमा उल्लेख भएको कुरा थाहा पाउदा खुसी छु ।’

प्रसाद नेपाली मात्र होइन । शुक्रबार दिपायलमा सर्बसाधरणले पनि सूचनाको हकबारे थाहा पाउने मौका पाए । शुक्रबार बिहान कैलालीको धनगढीबाट सुरु गरिएको आरटीआई क्याराभानले बेलुका दिपायलमा सूचनाको हकबारे प्रचारप्रसार गरेको थियो । शुक्रबार बेलुकी दिपायलको पिपल्लामा आइपुगेको क्याराभानले सूचनाको हक सम्बन्धमा सर्बसाधरणहरुलाई प्रचार सामाग्रीहरु बितरण गर्नुका साथै, गीतसंगीत प्रस्तुत गरेको थियो ।

आरटीआई संञ्जालका केन्द्रिय अध्यक्ष तथा बरिष्ठ पत्रकार उमीद बागचन्द लगायतको नेतृत्वमा निस्केको क्याराभान कैलालीको धनगढी, अत्तरिया, डोटीको बुडर, डडेल्धुराको बागबजार हुदै दिपायल आइपुगेको थियो । क्याराभान टोलीले ठाउ“ ठाउ“मा सूचनाको हक सम्बन्धी सर्बसाधरणलाई जानकारी दिदै आएका थिए । टोली अछामसम्म पुग्ने जनाइएको छ । ‘सूचनाको हकको प्रयोगमा सुधार हुदै आएको छ यद्यपी सर्बसाधरणलाई यसबारे सजग गराउन जरुरी छ’, आरटीआई राष्ट्रिय संञ्जालका अध्यक्ष उमीद बागचन्दले भने, ‘सूचना हकको प्रयोगले सुशासन प्रबर्धनमा ठुलो टेवा पु¥याउछ, सेवाप्रदायकलाई जनमुखि हुन प्रेरित गर्छ ।’ यूएसआईडी तथा एफएचआई ३६० को प्राबिधीक सहयोगमा एफएमडिसीले पारस्परिक जवाफदेहीता परियोजना अन्र्तगत सूचनाको हक सम्बन्धमा कार्यहरु गर्दै आएको छ ।

दिपायलमा सूचनाको हकबारे नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य मीन बमले आफ्ना धारणाहरु राखेका थिए । उनले सूचना हकको प्रयोगबारे अझै पनि डोटीमा संकुचीत बिचारहरु यथावत रहेको बताए । ‘सूचनामा सर्बसाधरणको पहु“च अझै पुगेको छैन’, केन्द्रिय सदस्य बमले भने, ‘पत्रकार महासंघले ०५४ सालबाट लडेको मुद्धा ०६४ मा आएर ऐनमा उल्लेख भएपनि सूचनाको हकको उपयोग र महत्वबारे सर्वसाधरणलाई बुझाउन जरुरी छ ।’ कार्यक्रमको उदेश्यमाथि एफएमडिसीका कार्यक्रम संयोजक ओमप्रकाश जोशीले स्पष्ट पारेका थिए ।
शनिबार डोटीको सिलगढी र अछामको साफेबगर तथा मंगलसैनसम्म जाने कार्यक्रम संयोजक जोशीले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *