सातवटै प्रदेशमा जलबिधुतका मेगा प्रोजेक्ट सञ्चालन गर्ने सरकारको तयारी

काठमाडौं,जेठ १

ऊर्जा, जलस्रोत तथा सिञ्चाइमन्त्री वर्षमान पुनले सातवटै प्रदेशमा जलविद्युतका मेगा प्रोजेक्ट (ठूला आयोजना) बनाइने बताएका छन् । आज सिंहदरबारमा भेट्न आएका प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टसँगको छलफलमा मन्त्री पुनले सो कुरा बताएका हुन् ।

मुख्यमन्त्री भट्टले पश्चिम सेती आयोजना अगाडि बढाउन पहल गरिदिन आग्रह गरेपछि मन्त्री पुनले भने, ‘सातवटै प्रदेशमा मेगा प्रोजेक्ट बनाउने सरकारको योजनाअनुसार प्रदेश ७ मा पनि एउटा ठूलो आयोजना बन्छ ।’

मन्त्री पुनले पश्चिम सेती जलविद्युत आयोजनालाई अगाडि बढाउन संघ सरकार सकारात्मक रहेको र त्यसका लागि अध्ययन भइरहेको बताए । सिञ्चाइ र जलविद्युतसँग सम्बन्धित केही अधिकार संविधानले नै ग्यारेन्टी गरेको उल्लेख गर्दै मन्त्री पुनले संघ र प्रदेश सरकारबीच समन्वय गरेर आयोजना अगाडि बढाइने बताए ।

मन्त्री पुुनसँगको भेटमा मुख्यमन्त्री भट्टले प्रदेश ७ मा जलविद्युतका थुुप्रै सम्भावना रहेकाले प्रदेश सरकार संघसँग समन्वय र सहकार्य गरेर अघि बढ्न तयार रहेको बताए । मुुख्यमन्त्री भट्टले लामो समयदेखि चर्चामा रहेको पश्चिम सेती जलविद्युत आयोजना जुुनसुुकै मोडालिटीमा भए पनि अघि बढाइदिन मन्त्री पुुनसँग आग्रह गरेका थिए ।

यसैगरी, कर्णाली नदीबाट सुविधासम्पन्न नहर निर्माण गरेर सिञ्चाइ सुुविधा पुुर्याउने उद्देश्यले निर्माणाधीन रानीजमरा सिञ्चाइ आयोजनाको काम द्रुत गतिमा अगाडि बढाइदिन समेत उनले आग्रह गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *