डोटीका केवि बने ५ विद्यार्थिका अभिभावक

रोजेन्द्र जोशी डोटी,जेठ ६

जिल्लामा लामो समयदेखि विभिन्न व्यवसाय संचालन गर्दै आउनु भएको खगेन्द्र साउँद केविले विद्यालयमा अध्ययन गर्ने ५ विद्यार्थिको अविभावकत्व लिएका छन् ।

सरकारले संघीय सरकारका मन्त्रि, प्रदेश सरकार र स्थानीयतहका जनप्रतिनिधिहरुलाई विद्यार्थिहरुको अविभावकक्त लिनु पर्ने निर्देशन गरेको भए पनि निजि क्षेत्रका व्यक्ति ५ जना विद्यार्थिहरुको अभिभावकत्व ग्रहण गरेको सम्भवत यो पहिलो घटना हो ।

डोटी दिपायल सिलगढी नगरपालिका वडा नं। ३ दिपायलमा केवि ग्रुपको नाममा केवि ईलोक्टनिक्स, केवि फर्निचर संचालन गर्दै आउनु भएका खगेन्द्र साउँद केविले आफ्नो आम्दानिको केहि अंश सामाजिक कार्यमा लामो समयदेखि खर्च गर्दै आइरहेको भए पनि ५ विद्यार्थिहरुलाई कक्षा १० सम्मको अध्ययनसम्म लाग्ने सम्पुर्ण खर्च व्यहोर्ने गरी जिम्मेवारी लिनु भएको हो ।

सरस्वति मा वि मा कक्षा ८ मा अध्ययन गर्ने असिना आउजि, महाकालप आधारभुत विद्यालयमा कक्षा ४ मा अध्ययन गर्ने श्याम वहादुर साउद, भागेश्वर आधारभुत विद्यालय कक्षा २ का रविन्द्र साउद, दिल्पेश्वर मावि कक्षा १० कि सुधा माझी र सोहि विद्यालय कक्षा ९ का रन्जिता साउदको अविभावक बनेको साउदले बताउनु भयो ।

अविभावकत्व लिन आयोजना गरिएको एक कार्यक्रमका बीच साउँदले भागेश्वर आधारभुत विद्यालयमा अध्ययन गर्ने १ सय २० जना विद्यार्थिहरुलाई विद्यालय व्याग समेत वितरण गर्नु भएको छ । जनतासमाचारबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *