झापादेखि डडेल्धुरासम्म मदन भण्डारी राजमार्ग निर्माण गरिने

काठमाडौं,जेठ ८

झापादेखि डडेल्धुरासम्म पुग्नेगरी मदन भण्डारी राजमार्ग निर्माण गरिने भएको छ । आइतबार साँझ बालुबाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले मदन भण्डारी राजमार्ग निर्माण सम्बन्धी नयाँ प्रस्ताव पारित गरेको छ ।

झापाको शान्तिनगरदेखि डडेल्धुराको रुपालसम्म पुग्नेगरी करिब १२ सय किलोमिटर राजमार्ग निर्माण गर्ने प्रस्ताव मन्त्रिपरिषद्को बैठकले पारित गरेको हो । झापाको शान्तिनगरदेखि सुरु गरी धरान, चतरा, गाइघाट, कटारी, सिन्धुलीमाडी, हेटौंडा, गैडाकोट, रामपुर, रामडी, रिडी, तम्घास, सिमलटारी, प्युठान, तुलसीपुर, बोटेचौर, सुर्खेत, बड्डीचौर, सिमचौर, बिपीनगर, सहजपुर, बुडर, डडेल्धुराको जोगबुढा र रुपालसम्म चुरे तथा भित्री मधेसको उपत्यका जोड्ने मुख्य उद्देश्यसहित राजमार्ग निर्माण गर्ने भौतिक तथा यातायात मन्त्रालयको प्रस्तावलाई स्वीकृत गरेको सरकारका प्रवक्ता गोकुल बास्कोटाले बताए ।

समताअनलाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *