भरत परियारले गाए सबैलाई नचाउने गित (भिडियोसहित)

काठमाडौं,जेठ ८

पछिल्लो समय निकै चर्चा बटुल्न सफल लोकदोहोरी गायक भरत परियारले नयाँ लोकदोहारी गीत बजारमा ल्याएका छन् ।

‘कर्णाली सलल’ बोलको मौलिक लोकदोहोरी गीत चर्चित गायक परियारले हालै युट्युवमार्फत सार्वजनिक गरेका हुन् । धनराज वास्तविकको शब्द,संगित रहेको गीतमा भरत परियार र रिता के.सी.को स्वर रहेको छ । गीतको एरेन्ज सुरेश शाहीले गरेका हुन् ।

शंकर वि.सी.को निर्देशनमा तयार पारिएको म्यूजिक भिडियोमा शंकर वि.सी. र रिना थापा मगरले अभिनय गरेका छन् । दुर्गा पौडेलले छायाँकंन गरेको भिडियो नविन घर्ती मगरले सम्पादन गरेका हुन् ।

भौगोलिक मौलिकता भल्काएको गीतमा कर्णाली र राप्तीको वर्णन गरिएको छ । ‘पछिल्लो समय मौलिक लोकदोहोरी हराउँदै गएको महसुस गरी यो गीत तयार गरेको गायक परियारले समताअनलाइनसंग बताए ।

उनले विकट कर्णालीको केटी र राप्तीको केटाबीचमा प्रेम भए पनि भेटघाट हुन नसकेको विषयमा केन्द्रित भएर गीत तयार भएको पनि बताए । मौलिक गीत खोज्ने श्रोता,दर्शकहरुलाई यो गीत मन पर्ने अपेक्षा पनि भरतले गरेका छन् ।

अहिले नेपाली गीत, संगीतको मौलिकता देखाउन धेरै महङ्गो भएको तर दर्शकसम्म पुग्दा सस्तो भएको उनले गुनासो गरे । मौलिकता बेचेर बाँच्ने अवस्था नभए पनि लोकगीत, लोकसंगीत र नेपालीपन हराउन दिनु हुँदैन भन्ने सोचेर यो गीत तयार पारेको उनी बताउँछन् ।

परियारले यसअघि ‘हर खुसी दिन्छु तिमीलाई‘’ र ‘आकाशैमा जुन र तारा‘’ जस्ता तीन वटा लोकदोहोरी गीत बजारमा ल्याई सकेका छन् । विगत पाँच वर्षदेखि नेपाली गीत संगीतमा लागेका परियार यो पेशालाई आगामि दिनमा पनि निरन्तरता दिने बताउँछन् ।

भिडियो हेर्न तल लिंकमा हेर्नुहोस

 

समताअनलाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *