बिद्यालय पोशाक र शैक्षिक सामग्री वितरणपछि बिद्यालय छोड्ने दरमा कमी

डोटी,जेठ ९

पोखरी र लडागडाका बिपन्न वालवालिकाहरुलाई शैक्षिक सामग्री तथा बिद्यालय पोशाक बितरण गरिएपछि उनिहरुको बिद्यालय भर्ना तथा बिचैमा कक्षा छोड्ने दरमा कमी आएको पाईएको छ । विपन्न बालबालिकाहरु बिद्यालय भर्ना नहुने, बिचैमा छोड्ने लगायतका समस्याहरु रहेकोमा बिपन्न बालबालिकाहरुलाई हरेक बर्ष बिद्यालय पोशाक तथा शैक्षिक सामग्रीहरु  बितरण गर्न थालिएपछि उनिहरुको भर्नादर तथा बिचैमा कक्षा छोड्ने दरमा उल्लेख्य रुपमा बृद्धि भएको सुनादेबी माबि लडागडाका प्रधानाध्यापक नवराज पाठकले बताए ।

डोटीको पोखरी र लडागडास्थित बिभिन्न बिद्यालयहरुमा बिद्यालय भर्ना तथा बिचैमा कक्षा छोड्ने दरमा कमी ल्याई उनिहरुको शैक्षिक उपलब्धी हासिल गराउनमा सहयोग गर्ने उद्देश्यले गुडनेवर्स इन्टरनेशनल नेपालको सहयोगमा सामुदायिक बिकास केन्द्र डोटीले सन २०१६ साल देखि बिपन्न बालबालिकाहरुलाई केन्द्रीत गरेर शैक्षिक सामग्री तथा बिद्यालय पोशाक बितरण गर्दै आएको छ ।

शैक्षिक सामग्री तथा बिद्यालय पोशाक बितरणले पोखरी क्षेत्रका बिद्यालयमा शतप्रतिशत बिद्यार्थी भर्ना भएका र माथिल्लो कक्षामा समस्याको रुपमा रहेको बिचैमा कक्षा छोड्ने दरमा कमीआएको पुर्बिचौकीगाउँपालिका वडा नं. ७ पोखरीका वडा अध्यक्षप्रकाश साउँदले बताउछन ।

बिद्यालय जानबाट बन्चित बिपन्न वालवालिकाहरुको बिद्यालयमा निरन्तरता तथा शैक्षिक उपलब्धीमा सुधार गर्ने उद्देश्यले गुड नेवर्स इन्टरनेशनल नेपाल संगको साझेदारीमा संचालित सामुदायिक बिकास परियोजना मार्फत सामुदायिक विकास केन्द्र डोटीले शैक्षिक सामग्री तथा बिद्यालय पोशाक बितरण गर्न थालेको सो संस्थाका शिक्षा बिकास अधिकृत एकराज बडुले जानकारी दिए ।

शिक्षा बिकास अधिकृत एकराज बडुका अनुसार चालु शैक्षिक शत्रको लागि लडागडा र पोखरी स्थित १६ बिद्यालयका १८८४ बिपन्न छात्रछात्राहरुलाई ४६ लाख ६० हजार बराबरको विद्यालय पोशाक,कापी, सिसाकलम,सुइटर,कलम, झोला, औजारबक्स, जुत्तामोजा लगाएका शैक्षिक सामग्री बितरण गरिएको छ ।

 

 

समताअनलाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *