खप्तड महोत्सब सम्पन्न हुँदै

रोजेन्द्र जोशी डोटी,जेठ १०

तस्बिर : डीवि विष्ट बझाङ

प्रदेश नम्वर ७ को प्रमुख पर्यटकिय गन्तव्यको रुपमा रहेको खप्तड क्षेत्रमा सुरु भएको खप्तड महोत्सब आज गंगा दशहरा मेलाको दिन सम्पन्न हुदैछ । डोटी,अछाम बझाङ्ग र बाजुरा जिल्लाको मध्यभागमा २२५ वर्ग मिटर क्षेत्रफलमा फैलिएको धार्मिक तथा प्राकृतिक पर्यटकिय स्थल खप्तडमा हरेक वर्ष आयोजना हुने खप्तड महोत्सब यस वर्ष पनि संचालन भएको थियो ।

तीन दिन सम्म संचालन भएको महोत्सवमा २५ हजार भन्दा बढी बिदेशी तथा घरेलु पर्यटकहरुले महोत्सवको अबलोकन गरेको खप्तड मध्यबर्ति क्षेत्रका अध्यक्ष राम प्रसाद उपाध्यायले जानकारी दिए। महोत्सव अबधिभर चार वटै जिल्लाका विभिन्न सांस्कृतिक झाकि, देउडा प्रतियोगिता, भलिबल प्रतियोगीता, घोडा दौड, निशुल्क स्वास्थ्य सिविर लगायतका कार्यक्रमहरुको आयोजना गरिएको आयोजकले जनाएको छ ।

गंगा दशहराको अबसरमा विभिन्न निकायले खप्तड क्षेत्रमा पुगी पहिलो रेकर्ड समेत बनाएका छन् । रेकर्ड बनाउनेहरुमा पहिलो पटक काव्य यात्रा तय गरिएको छ भने कवि यात्रा टोलि खप्तडमा कबिता बाचन र पदयात्रा कार्यक्रम सम्पन्न गरेका छन् ।

त्यस्तै पहिलो पटक धनगढी देखि साईकल यात्रा गर्दै चार जना युवाले ४ वटा साईकल खप्तड क्षेत्रमा पहिलो पटक पुर्याएर रेकर्ड बनाएका छन् । विश्वमा लोप भएको हरियो छेपारो बासस्थानको रुपमा रहेको खप्तड क्षेत्रमा ५२ वटा घासे मैदान पाटन, दर्जनौको संख्यामा ताल तलैयाहरु रहेका छन् ।

धार्मिक रुपमा भगवान शिबको तपोभुमि, खप्तड बाबाले ५३ बर्ष ज्ञान प्राप्त गरेको पुण्य भुमिका रुपमा खप्तडलाई लिने गरिन्छ । स्वर्गको अपसरा, मिनि स्वीजरल्यान्डको उपमा पाएको खप्तडमा यो वर्ष मलमास परेका कारण सामान्य पुजा अर्चना भए पनि बैदिक धार्मिक परम्परा अनुसार यस वर्षको पुजा हुन सकेको छैन ।

आउदो आषाढ महिनाको दशमि तिथिमा बैदिक पुजा हुने श्रोतले जनाएको छ । आयुर्वेद चिकित्सा बिज्ञान अध्ययन गर्ने विद्यार्थिहरुका लागि जडिबुटीको भण्डार मानिएको खप्तडमा रहेको त्रिबेणी धाम, सहस्त्रलिंग, नागढुंगा, बाबा कुटी दर्शन गर्दा सन्तान नभएका व्यक्तिको सन्तान हुने जनविश्वास रहदै आएको छ ।

रोजेन्द्र जोशी पर्यटन बिटमा कलम चलाउने जनता टि.भि.का डोटी संबाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *