
नगर क्षेत्रका महिलाहरुलाई व्यावसायीक बनाउने उदेश्यले दिपायल सिलगढी नगरपालिकाले महिलाहरुका लागि ३ महिने होजियारी तालिम सुरु गरेको छ । महिलाहरुलाई स्वरोजगार बनाई आत्म निर्भर बनाउन दिपायल सिलगढी नगरपालिकाले ३ महिने होजियारी तालिम सुरु गरेको हो ।
आर्थिक अबस्था कमजोर भएका दलित,गरिव, तथा विपन्न परिवारका १८ जना महिलाहरुको तालिममा सहभागीता रहेको नगर प्रमुख मन्जु मलासीले बताईन् । नगर प्रमुख मलासीका अनुसार महिलाहरुको आर्थिक अबस्था उकास्नका लागि तालिमको आयोजना गरिएको हो । तालिमका लागि ८ लाख वजेटको ब्यवस्था गरिएको छ ।
जिल्लामा होजियारी उद्योग नभएका कारण लाखौ रकमका सामाग्री कैलाली जिल्लाबाट आयात हुदै आएको थियो । डोटीमै होजियारीका समाग्री उत्पादन गरी उक्त समस्या समाधान हुने विश्वास गरिएको छ ।
Leave a Reply