भिमा पुनको चर्चित भिडियो “किन भन्छौ प्यार”

काठमाडौ,जेठ १८

पछिल्लो समय नेपाली संगीतमा निकै चर्चामा सुनिएको नाम हो भिमा पुन, साङ्गितिक यात्राको छोटो समयमा नै धेरै दर्शक र श्रोताको उनी मन जित्न सफल भएकी छ्न ।

“दुख्छ मुटु पीडानै पीडा छ” बोलको लोक दोहोरी गीतबाट नेपाली संगीतको आकाशमा उनको यात्रा सुरु भएको हो । सानीसानी तर स्वरकी निकै धनी बाकेको कचनापुरकी भिमाको पहिलो गीतले नै धेरैको मन छुन सफल भयो, र एकाएक भिमालाई साङ्गितिक बजारमा चर्चा दिलायो । यतिमात्र होइन हिजोआज भिमाको मोफसलदेखि राजधानीका विभिन्न स्थानमा हुने मेला महोत्सवमा उनको माग हुन थालेको छ ।

संगीत यात्राको छोटो समयमा उनले करिब एक दर्जन बढी गीत रेकर्ड गरिसकेकि छ्न । पहिलो गीत दुख्छ मुटु पीडा नै पीडा छ को अपार सफलता पछि उनले “किन भन्छौ प्यार” बोलको गीत दर्सक स्रोत सामु डिजेमा ल्याएकी छ्न । यो गीतमा गाएक नरेश जोशीले स्वरमा साथ दिएका छ्न । यो गीतमा शव्द, संगीत पनि जोशीकै रहेको छ । सलिना म्युजिक प्रालिले यो गीतलाई भर्खरमात्र बजारमा ल्याएको हो । यो गीतले पनि धेरै दर्शक श्रोताको माया पाउने अपेक्षा गरिएको छ ।

भिडियो हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोस् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *