दलित महिला जनप्रतिनिधिलाई क्षमता अभिवृद्धि तालिम

सुनिल कार्की पाल्पा,जेठ १८

दलित महिला केन्द्र नेपालको आयोजनामा पाल्पाका स्थानीय तहका दलित महिला जनप्रतिनिधिहरुको क्षमता अभिवृद्धि कार्यक्रम अन्तरगत स्थानीय तहको योजना एवम् बजेट तर्जुमा कार्यान्वयन र अनुगमन विषयक दुई दिने तालिम दिईएको छ ।

तालिममा योजना तर्जूृमा के किन र कसरी, स्थानीय तहको योजना तर्जुमा स्थानीय सरकारका समितिहरु र तीनको भूमिका, स्थानीय योजना तर्जूमाका चरणहरु, बस्ती, टोल स्तरबाट योजना तथा कार्यक्रम छनौट प्रक्रिया, कार्यक्रम तथा बजेट तर्जुमाका प्रक्रियाहरु, वडास्तरमा योजना तथा कार्यक्रम प्राथमिकीकरण, बजेट तर्जूमा अभ्यास, स्थानीय योजनाको कार्यान्वयन तथा अनुगमन लगायतका विषयमा त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका प्राध्याक पितबहादुर नेपाली र दलित महिला केन्द्र पाल्पाका कृष्ण दर्नालले सहजीकरण गर्नुभएको थियो ।

तालिममा पाल्पा जिल्लाको तानसेन नगरपालिका र रिब्दीकोट गाउपालिका जननिर्वाचित दलित महिलाहरु सहभागीता जनाएका थिए । केन्द्रकी लेखा अधिकृत कल्पना काउचाले तालिममा सिकेका कुराहरु व्यवहारमा लागु गरेर अघि बढ्नुपर्ने बताउनुभयो ।

स्थानीय तहको योजना एवम् बजेट तर्जुमा कार्यान्वयन र अनुगमन बारेमा आफुलाई जानकारी भएको र वडाका योजना छनौट प्रक्रिया तथा प्राथमिकीकरणका लागि सहज हुने अपेक्षा तानसेन नगरपालिका–१४ की बडासदस्य टंकीकला विश्वकर्माले बताउनुभयो ।

पाल्पामा तानसेन नगरपालिका रामपुर नगरपालिका, रिब्दीकोट रैनादेवी छहरा, पूर्वखोला, रम्भा गाउपालिकाभित्रका जननिर्वाचित दलित महिला लागि पाँच चरणका तालिमपछि स्थानीय तहमा काम गर्न सहज हुने अपेक्षा लिइएको केन्द्रका दर्नालले बताउनुभयो ।

जननिर्वाचित दलित महिलाहरुलाई स्थानीय तहका प्रभावशाली समितिमा पहुँच पुग्न सकेको छैन । स्थानीय तहमा राजश्व परामर्श समिति, स्रोत अनुमान तथा बजेट निर्धारण समिति, बजेट तथा कार्यक्रम तर्जुमा समिति लगायतका महत्वपूर्ण समितिहरुमा दलित महिलाको उपस्थिति आवश्यकता रहेको छ । जनतासमाचारबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *