जातीय छुवाछुत गर्नेलाई कानूनी कारबाही हुन्छ : प्रधानमन्त्री

ललितपुर,जेठ २१

प्रधानमन्त्री केपी शर्मा ओलीले समतामुलक समाज निर्माण गर्न छुवाछुत प्रथाको अन्त्य गर्न आवश्यक रहेको बताएका छन् ।

जातीय छुवाछुत मुक्त राष्ट्र घोषणा दिवसको अवसरमा सुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले नेपालको संविधानको प्रस्तावनामै सबै प्रकारका जातीय छूवाछुतको अन्त्य गरी समतामूलक समाज निर्माण गर्ने संकल्प गरिएको बताए ।

विगतका दास प्रथा, सती प्रथा, कमैया प्रथाजस्तै छुवाछूत प्रथाको अन्त्य गर्न आवश्यक रहेको बताउँदै ओलीले यसको लागि सबैले हातेमालो गर्नु पर्नेमा जोड दिए । नेपाल जातीय छुवाछुत मुक्त घोषणा भइसकेको सन्दर्भमा कतिपय ठाउँमा छुवाछुत कायमै रहेकाले यस्ता छुवाछुत गर्नेलाई कानुन बमोजिम कारबाही गर्ने बताए । नेपाल विभिन्न जातजाती, धर्म संस्कृती रहेका व्यक्तिका साझा थलो भएकाले सबैले समान हैसियतले बाँच्न पाउनुपर्ने प्रधानमन्त्री ओलीको भनाई थियो ।

‘आधुनिक राष्ट्रका लागि जातीय छुवाछूत गम्भीर चुनौति हो’ भन्दै प्रधानमन्त्री ओलीले छुवाछुत सामाजिक र नैतिक भ्रष्टाचार तथा मानवीय गरिमा विरुद्धको अपराध भएकाले यस्तो कार्य गर्ने कसैलाई छुट नदिने बताएका छन् । ओलीले जात, जाति, समूदाय वा पेशाका आधारमा कुनै प्रकारको छुवाछूत वा भेदभाव गर्न संविधानले निषेध गरेकाले छुवाछुत गर्नेलाई उन्मुक्ति नदिइने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *