महिलाहरुको सक्रियतामा बाजुरामा सरसफाइ सप्ताह

गगन अयडी बाजुरा, जेठ २४

जिल्लाको बडीमालीका नगरपालिकाका महिलाहरुको सकृयतामा सरसफाई सप्ताह सुरु भएको छ । ‘दिगो विकासको मुख्य आधार, स्वच्छ खानेपानी र सरसफाइ युक्त बानीव्यबहार’ नारा सहित सप्ताह सुरु भएको हो ।

सात दिनसम्म नगरबासीले निरन्तर प्रत्येक घर टोल,टोलमा सरसफाई सम्बन्धि विभिन्न चेतना मुलक कार्यक्रम गरी सप्ताह मनाइरहेको नगरपालिकाका मेयर पदम बडुवालले बताए । ‘मानिसका लागी स्वस्थ रहन सबैभन्दा बढी सरसफाईको आवश्यकता भएकाले सब नगरबासीहरु आफनो घरको काम छोडेर सरसफाइ सप्ताहमा जुटेको मेयर बडुवालले बताए ।

सरसफाइ अभियानकी अभियन्ता मनिसा थापाले बडीमालीका नगरपालिकालाई पुर्ण सरसफाई घोषणा गर्न महिलाहरुको सकृयतामा उल्लेख गरिन् । सप्ताहमा सरसफाई सम्बन्धी धामी,झाक्री, जस्ता सडक नाटक प्रत्येक गाउँटोलमा गरी रहेको बताइन् । नयाँ पत्रिकाबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *