
दलित महिला अधिकार मञ्च नेपालले सोमबार देखि तीन दिने तालिम सुरु गरेको छ । दलित सञ्जाललाई क्षमता विकास सम्बन्धी तीन दिने तालिम सुरु भएको हो । तालिमको उद्धघाटन कैलारी गाउँपालिका उपाध्यक्ष लक्ष्मी सत्गौवाले गरेकी हुन् ।
तालिमको उद्धघाटनपछि उनले दलित, महिला तथा सिमान्तकृत समुदायलाई स्थानीय श्रोतमा पहुचको लागि कैलारी गाउँपालिकाले सुझाव संकलन गरि नीति बनाउने जानकारी दिईन् ।
उद्घाटन कार्यक्रमको अध्यक्षता दलित महिला अधिकार मञ्च नेपालका कार्यकारी निर्देशक सावित्रा घिमिरेले गर्नु भएको थियो । उनले गाउँपालिकाको सेवा सुविधा समुदायले सहजरुपले पाउनको लागि लक्षित वर्गलाई सक्षम बनाउन तालिम आयोजना गरेको बताईन् ।
Leave a Reply