अब कैलालीका टोल टोलमा प्रहरी

धनगढी असार ३

संघिय सरकारको गृहमन्त्रालयले समाजमा शान्ति सुरक्षा कायम गर्ने उद्देश्यले देशैभर ७७ जिल्लामा टोलटोलमा प्रहरी अभियान सुरु गरेको छ । गृहमन्त्रालयको कार्यक्रम अनुसार कैलालीमा पनि आजदेखी टोलटोलमा प्रहरी अभियान सुरु गरिएको छ । दिनप्रतिदिन बढ्दो सुरक्षा चूनौतीलाई मध्यनजर गर्दै समाजमा शान्ति सुरक्षा कायम गर्ने उद्देश्यले गृह मन्त्रालयले यो अभियान सुरु गरेको हो ।

प्रहरीले जनतासंग सहकार्य गरि समाजमा हुने अपराध, कुरुती, हत्या, हिंसा, चोरी डकैती नियन्त्रणका लागी टोल टोलमा प्रहरी अभियान सुरु गरेको जनाएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश बहादुर शाहले धनगढीमा एक कार्यक्रमका बिच टोल टोलमा प्रहरी अभियानको उद्घाटन गरेका छन ।

धनगढीको रातोपुलदेखी जिल्ला प्रहरी कार्यालयसम्म र्याली निकालेर कार्यक्रमको शुभारम्भ गरिएको हो । अभियानकोे उद्घाटन गर्दै मन्त्री शाहले बिगतमा राजनितिक आन्दोलनका कारण प्रहरीले जनताको अपेक्षा अनुसार सेवा दिन नसकेको बताए । उनले संघिय प्रहरी ऐन आएपछि प्रदेश सरकारले प्रदेश प्रहरी ऐन निर्माण गर्ने र त्यसपछि शान्ती सुरक्षा दिन प्रदेश प्रहरी सकृय भएर लाग्ने बताए। उनले प्रदेशको शान्ति सुरक्षा बिना समृद्धि सम्भव नभएको बताउदै टोल–टोलमा प्रहरी अभियानले शान्ति सुरक्षा मजबुद बनाउने दावी गरे।

कैलालीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जनतालाई पुर्ण शुरक्षा दिनका लागी प्रहरी कार्यालयले मात्रै नहुने भएकाले प्रहरी जनताको घर घरमा टोल टोलमा जानुपर्ने बताउनु भयो । गाँउटोलमै जनताका गुनासाहरु आउने भएकाले सो गुनासाको समाधान गर्नुतिर प्रहरी सक्रिय भएर लाग्ने उनको भनाई रहेको छ ।

कैलालीका प्रहरी प्र्मुख बिनोद घिमिरेले जनतासंग प्रत्यक्ष रुपमा जोडिएर शुरक्षा दिने उद्देश्यले टोलटोलमा प्रहरी अभियान सुरु गरिएको जानकारी दिए । कार्यक्रममा जिल्लाका बिभिन्न संघ संस्थाका प्रतिनिधि ,जननिर्बाचित प्रतिनिधि लगाएत स्थानियको समेत सहभागिता रहेको थियो ।

समताअनलाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *