पाठेघर सम्बन्धी जनचेतनामूलक परीक्षण शिविर संचालन

काठमाडौं,असार ८

२०७५ असार २ गते टोखा नगरपालिका वडा नं १ स्थित झोरमा स्वच्छ उपकर सहयोग संगठनको भवनमा ऋचा बजिमय स्मृति फाउन्डेशनले स्थानीय झोर महांकाल युवा क्लबसँगको सहकार्यमा पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सरको जनचेतना तथा परीक्षण शिविर संचालन गरेको छ ।

उक्त शिविरको लागि प्राविधिक सहयोग नेसनल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टर तथा क्यान्सर केयर नेपालले दिनुभएको थियो भने उक्त शिविर सेन्ट जेभियर्स क्याम्पसको सेट काउन्सिलले साइकल र्यालीबाट उठेको सहयोग रकमबाट सम्पन्न भएको थियो ।

बिहान १० बजेबाट शुरु भएको शिविरमा १०० जना महिलाहरुले परीक्षण गर्नुभएको थियो । नाम दर्ता गर्दा सहभागीको प्रजनन अवस्थाको बारेमा जानकारी लिइसकेपछि २०–२५ जनाको समूहलाई पहिला पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सरको विषयमा २० मिनेट जति अन्तरक्रिया सम्पन्न गरिएको थियो। उक्त अन्तरक्रिया डा. पुश्पाञ्जलि अधिकारी तथा फाउन्डेशनका अध्यक्ष डा. दिपक सुन्दर श्रेष्ठ तथा सदस्य श्री सजनी मानन्धरले संचालन गर्नुभएको हो ।

उक्त अन्तरक्रियामा सहभागीहरुले खुलेर उक्त विषयमा आफ्नो जिज्ञासा राख्नुभएको थियो । सो अन्तरक्रिया सम्पन्न भए पश्चात् सहभागीहरुलाई परीक्षण कोठामा पालैपालो परीक्षण गरिएको थियो । पाठेघरको मुखको क्यान्सरको परीक्षण विधिबाट गरिएको थियो भने स्तन क्यान्सरको परीक्षण स्त्री रोग विशेषज्ञ डा. पूजा देवले गर्नुभएको थियो । केही महिलाहरुको महिनावारी चलिरहेकोले पाठेघरको मुखको परीक्षण हुन पाएन भने २–३ जना महिलाहरु देउता रिसाउँछन् भनेर परीक्षण नगरी निस्कनुभयो ।

उक्त शिविरमा टोखा नगरपालिकाका उपमेयर ज्ञानमाया डंगोल उपस्थित भई सहभागी महिलाहरुको हौशला बढाउनु भएको थियो । करिब ३ बजे सम्म संचालन गरिएको शिविरका सहभागीहरुको रिपोर्ट सोही स्थानमा असार २३ गते बाँडिने जानकारी दिई शिविर सम्पन्न गरिएको हो । हेल्थटुडेबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *